Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
बाटोमै हराउँछ दैनिक अढाइ करोड लिटर पानी Print E-mail
Posted by Administrator   
Tuesday, 18 January 2011

काठमाडौ : सतह र भूमिगत स्रोतबाट उपभोक्ताको धारासम्म पुग्दा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को दैनिक दुइ करोड लिटर पानी बाटोमै हराउने गरेको छ । राणाकालीन पुराना थोत्रा पाइपलाइन र जमिनमुनि चुहावट भइरहेको ठाउँ पत्ता लगाउन अत्याधुनिक प्रविधिको अभावमा केयुकेएलले दैनिक अढाई करोड लिटर पानी गुमाउनुपरेको हो । हाल उपत्यकामा दैनिक ३२ करोड लिटर पानीको माग भए पनि उसले १२ करोड लिटर  मात्र वितरण गर्न सकेको छ । त्यसमा पनि २० प्रतिशत चुहावट हुँदा उपभोक्तामाझ दैनिक करिब साढे नौ करोड लिटर मात्रै पानी पुग्ने गरेको छ ।

हाल वितरीत पानीको २० प्रतिशत चुहावटबराबर दुइ करोड ४० लाख लिटर हुन आउँछ । यसै पनि दैनिक मागभन्दा २० करोड लिटर कम पानी वितरण गरिरहेको केयूकेएलले पाइपलाइनको परम्परागत संरचनाकै कारण वितरणको २० प्रतिशत गुमाउनुपरेको जनाएको छ । 'राणाकालीन थोत्रा पाइपलाइन र जमिनमुनिको चुहावट पत्ता लगाउने प्रविधि नुहँदा हामीले दैनिक वितरणको २० प्रतिशत पानी गुमाउनुपरिरहेको छ' केयुकेएलका प्रवक्ता सुरेश आचार्यले सोमबार राजधानीसँग भने 'आधुनिक प्रविधि नल्याएसम्म चुहावट घटने सम्भावना छैन ।' जमिनमुनि कम्तीमा चार फिट तल पाइपलाइन राख्नुपर्ने प्राविधिक प्रावधान छ तर यो प्रावधान पनि मिचेर कतिपय ठाउँमा जमिनकै माथिल्लो भाग छोएर पाइपलाइन राखिएकाले गाडीको कम्पनले समेत जोडने ठाउँ फुस्कने गरेको छ । त्यस्तै जमिनमुनि अस्तव्यस्त रुपमा फुटेका तर पहिचानमा नआएका पाइपलाइन र साँघुरो सडकका कारण ढलसँगथै राखिएका पाइपवलाइनले वितरित पानीसमेत प्रदूषित हुने गरेको छ । सीमित पानीको स्रोत बढदो माग र चुहावट नियन्त्रण हुन नसक्दा केयूकेएलले फागुनदेखि जेठसम्म दैनिक नौ करोड लिटर पानी वितरण गर्ने गरेको छ । पर्याप्त पानीका लागि मेलम्ची नै कुर्नुपर्ने प्रवक्ता आचार्यले बताए । 'हामीले बढीमा वर्षातमा १४ करोड लिटर दैनिक पानी वितरण गर्न सक्छौं त्यसमा २० प्रशित चुहावट रोकिए पनि मागको आधा आपूर्तिसमेत हुन सक्दैन' प्रवक्ता अचार्यले भने 'माग दैनिक ३२ करोड लिटरबाट बढेको बढयै छ मागअनुसार पुर्याउन त मेलम्ची नै कुर्नुपर्छ ।' सीमित स्रोत र उच्च मागको कारण केयूकेएलले हाल उपत्यकाका आधाजसो भागमा दुइ दिन र आधामा तीन दिन विराएर पानी वितरण गर्दै आएको छ ।
केयूकेएलले सतहगत मुहानहरु शिवपुरी, बोडे, सुन्दरीजल, महाँकाल चौर, दूधपोखरी, शेषनारायण, फपिङ, नल्लु लगायत र सतहमुनिकोमा धोवीखोला, महारागन्ज, मनहरा, त्रिपुरेश्वर, बाँसवारी लगायतका ४५ ठाउँबाट पानी संकलन गर्दै आएको छ । सतहगत पानी कम हुने सुक्खा मौसममा ७५ प्रतिशत भूमिगत र २५ प्रतिशत सतहको पानी वितरण गर्ने केयूकेएलले वषर्ायाममा समेत आधाजसो पानी जमिनमुनिवाट निकाल्ने गर्छ । पामनीको अभाव चर्किदै गएपछि उसले १६ ओटा आफ्नै र नौ ओटा भाडामा टयाँकर ल्याएर र पानी वितरण गर्दै आएको छ । टयाँकरबाट केयूकेएलले दैनिक १८ लाख लिटरको हाराहारीमा पानी वितरण गर्ने गरेको टयाँकर शाखाले जनाएको छ । नेपाल खानेपानी संस्थानबाट तीन वर्षघि खानेपानी वितरणको जिम्मा लिएको केयूकेएलसँग २२ ओटा सतहगत मुहान र ७५ ओटा टयुववेल छन् । उसले १० हजार लिटर पानी दिएवापत उपभोक्ताबाट न्यूनतम मासिक ५५ रुपैयाँको दरले महसुल लिने गरेको छ । केयूकेएलले १० ओटा शाखामार्फ उपत्यकाको झन्डै ४० लाख जनसंख्यामध्ये ३२ लाखबराबरलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
स्रोत : राजधानी दैनिक, ०६७ माघ ४, पेज नं. १

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image