Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
भकुन्डेबेंसीमा खानेपानी Print E-mail
Posted by Administrator   
Tuesday, 18 January 2011

काभ्रे : सुक्खा क्षेत्रका रुपमा लिइने काभ्रेको भकुन्डेवेसीका बासिन्दाले खानेपानी सुविधा पाएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेले भकुन्डेवंसीमा निर्माण गरेको भकुन्डेवेसी खानेपानी तथा सरसफाई आयोजना मार्फ खानेपानी आयोजना सञ्चालन गरेपछि खानेपानीको सुविधा पाएका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनेशचन्द्र देवकोटाले सो खानेपानी आयोजनाको उदघाटन गरे । ५० लाख रुपैयाँ जनश्रमदानसहित दुइ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण भएको खानेपानी आयोजनाबाट खनालथोक ७, फुलवारी ६ र मेथिनकोट ३ र ४ वडाको दुइ सय १० घरधुरीमध्ये एक सय ५० घरधुरीले खानेपानी सुविधा पाएका छन भने बाँकी घरधुरीले छिट्टै पाउने स्थानीय उपभोक्ता समितिले जनाएको छ । डिभिजन कार्यालयले डिप बोरिङमार्फ ७२ मिटरमुनिको जमिनबाट पानी पम्पिङ गरी खानेपानी संकलन गरेपछि यहाँको सवैभन्दा ठूलो खानेपानीको समस्या समाधान भएको हो । २०६६ सालमा निर्माण सुरु भएको यस आयोजना दर्ुइ वर्षै निर्माण सम्पन्न भएको थियो । ७२ मिटरमुनि जमिनबाट डिप बोरिङ गरी पानी संकलन गरेर तीन सय ५० मिटर दुरीमा रहेकोर ६१ मिटर उचाईमा पानी तानी ७५ हजार लिटरको टयाँकीमा संकलन गरी खानेपानीको सुविधा पुर्याएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेका इन्जिनियर राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
खानेपानीको काकाकुल रहेको भकुन्डेवेसीमा आयोजनाले धेरै सहयोग पुर्याएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष उद्धव हुमागाईले बताए । उदघाटन कार्यक्रममा खानेपानी ल्याउनका लागि योगदान पुर्याएवापत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेका प्रमुख मनोज धिमिरेलाई योजना आयोगका सदस्य देवकोटाले सम्मान गरेका थिए । कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर, काँग्रेस नेता शंखबुद्ध लामा, एमाले नेता रामहरि सुवेदी, पूर्व गाविस अध्यक्ष कृष्णप्रसाद खनाल लगायतले खानेपानी क्षेत्रबारे चर्चा गरेका थिए ।
स्रोत : राजधानी दैनिक, ०६७ माघ ४, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image