Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
यङ्गाहिटिको मर्मत Print E-mail
Posted by Administrator   
Tuesday, 18 January 2011

काठमाडौ : काठमाडौ महानगरपालिका २१ को यङगाल टोलमा रहेको प्राचिन यङगाहिटिको मर्मत कार्य सम्पन्न भएको छ । छैंठौ शताव्दीमा निर्माण गरिएको सो धारा संरक्षणको अभावमा केही वर्षदेखि जीर्ण बन्दै गएकाले महानगरपालिका अर्न्तर्गत रहेको सम्पदा विभागले त्यसलाइ मर्मत गरेको हो ।

लिच्छिवीकालीन समयमा स्थानीयवासीलाई सार्वजनिक रुपमा पानी वितरण गर्ने उद्देश्यले सो यङगाहिटि निर्माण गरिएको भए पनि अहिले त्यस क्षेत्र वरपर भएको वाक्लो वस्तीका कारण अनावश्यक फोहोरको थुप्रो लागि त्यसको आकर्षा र ऐतिहासिक महत्व ओझेलमा परेको थियो । महानगरपालिकाको सम्पदा विभागका प्रमुख इन्द्रमान सुवालले नगरभित्रको ऐतिहासिक महत्व बोकेको प्राचिन स्मारक र सम्पदालाई संरक्षण गर्ने नीति अनुरुप त्यसलाई मर्मत गरिएको बताउनुभयो । महानगरपालिकाको रु १६ लाखको लागतमा गत साउन महिनामा सो यङगाहिटिको जिर्णोद्धार सुरु गरिएको थियो । अहिले त्यसको सिँढी, धारामा पानी आउने र पानी बगेर जाने नालीको व्यवस्था मिलाएर मर्मत सम्पन्न गरिएको छ । प्रमुख सुवालले वडा नम्बर २८ को नगलको सिँगवहाल पनि मर्मतको क्रममा रहेको जानकारी दिनुभयो ।
स्रोत : राजधानी दैनिक, ०६७ माघ ४, पेज नं. ३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image