Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
भूमिगत पानी निकाल्न अब लाइसेन्स Print E-mail
Posted by Administrator   
Wednesday, 19 January 2011

काठमाडौ : कुनै पनि माध्यमबाट व्यावसायिक प्रयोजनका लागि भुमिगत पानी निकाल्न सरकारबाट अनुमति लिनुपर्ने भएको छ । डिप बोरिङ, टयुबवेल, इनार आदिबाट जमिनमुनिको पानी निकाल्न सरकारले लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न लागेको हो । राजधानीमा रहेको ठूला होटेल, अपार्टमेन्ट, पानी बिक्रीवितरणमा संलग्न व्यवसायी र उद्योगलाई लक्षित गरेर यो व्यवस्था गर्न लागिएको हो ।

अनियन्त्रित रुपमा भूमिगत पानीको प्रयोग बढेपछि राजधानी भासिने खतरा बढदै गएको चिन्ता विज्ञहरुले गरेका छन् । अहिलेसम्म भूमिगत पानी निकाल्न अनुमति लिनुपर्ने व्यवस्था छैन र भूमिगत पानीको प्रयोगसम्बन्धी स्पष्ट नीतिनियमसमेत छैन । भूमिगत पानीको ठूलो कारोबार भए पनि सरकारले त्यसवापत राजस्व प्राप्त गरेको छैन । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले भूमिगत जलस्रोत व्यवस्थापन नीतिको मस्यौदा तयार पारेर भौतिक योजना तथा निर्माण मन्त्रालयमा पठाइसकेको छ । यसलाई छिटै मन्त्रिपरिषदमा पेस गरिनेब बोर्डका कार्यकारी निर्देशक हरिप्रसाद ढकालले बताए । भूमिगत पानीको प्रयोगसम्बन्धी स्पष्ट नीति नुहँदा यसको अनुगमनमा समस्या भएको छ । जलस्रोत व्यवस्थापन ऐन २०४९ खानेपानी बोर्ड ऐन २०६६ संशोधन गरी उक्त नीति बनाउन लागिएको हो । 'मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएपछि भूमिगत रुपमा पानी निकाल्न तथा प्रयोग गर्न चाहनेले अनुमतिपत्र (लाइसेन्स) लिनुपर्नेछ' बोर्डका कार्यकारी निर्देशक ढकालले भने । घरायसी कामका लागि एउटा इनार बनाउन भने यो नीति लागु हुनेछैन ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले भूमिगत रुपमा दैनिक तीन करोड लिटर पानी निकाल्दै आएको छ । निजी स्तरबाट व्यवसायक प्रयोजनका लागि दैनिक पाँच करोड लिटर पानी भूमिगत रुपमा निकाल्ने गरएको अनुमान छ । केयूकेएलका प्रवक्ता सुरेश आचार्यले भुमिगत पानीको प्रयोगमा न्यूनीकरण गर्न यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए । खानेपानी अभावका कारण उपत्यकामा पानी भूमिगत पानी निकाल्ने क्रम अनियन्त्रित छ । उपत्यकामा दैनिक ३२ करोड लिटर पानीको माग रहे पनि आपूर्ति भने मागको एक चौथाईमै मात्र छ । त्रिभुवन विश्वविद्यालय भूगर्भ विभागका प्रमुख डा. सुरेशदास श्रेष्ठले भूमिगत पानी निकाल्ने क्रमले उपत्यकामा खतरा बढेको बताए ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ माघ ५, पेज नं. ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image