Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
कास्कीमा फागुन मसान्तसम्म सबै घरमा शौचालय Print E-mail
Posted by Administrator   
Wednesday, 19 January 2011

'हेल्लो, एलडीओ सा'ब कता हुनुहुन्छ ?' 'हजुर म अहिले ओडीएफको कार्यक्रममा छु ।' हो, कास्कीका स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीको मोबाइल नम्बरमा फोन गर्दा धेरैजसोले त्यही उतर पाउँछन् । सुवेदी हिजोआज विहानदेखि बुलकासम्म 'ओपन डेफिकेसन फ्रि' अथार्त खला दिसामुक्त अभियानमा व्यस्त हुन्छन । 'दिनहु धेरै कार्यक्रममा निम्तो आउँछ तर मेरो प्राथमिक्तामा 'जोडीएफ' पर्छ यो अभियानमा गाउँ होस या सहर जहाँ जतिबेला पनि म पुगेको हुन्छु' सुवेदी भन्छन् ।

२०६७ चैत मसान्तभित्र कास्कीलाई नेपालकै पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि जिल्ला विकास कास्की (जिविस) को अगुवाईमा दुइ वर्षघि थालिएको अभियानले अहिले तीव्रता पाएको छ । जिविसको यो अभियानमा अन्य सरकारी कार्यालय मात्र हैन गैरसरारी संस्थाहरुले समेत सघाउँदै आएका छन् । समयसीमा तनि महिना मत्र बाँकी रहँदा काम पन सोहीअनुसार भइरहेको सुवेदीले जानकारी दिए । 'जसरी मानिसले खानाको व्यवस्थापन गर्छन त्यही अनुसार फोहोर व्यवस्थापनमा ध्यान दिँदैनन त्यसैले मानव स्वास्थयमा गम्भीर असर पर्दै गएको छ' उनले भने । कास्कीमा ८९ हजार घरधुरी रहेकोमा हालसम्म करिब ७५ हजार घरधुरीमा शौचालय बनिसकेका छन् । अव करिब १४ हजार घरधुरीमा बन्न बाँकी छ । सवैभन्दा बढी शौचालय बन्न बाँकी क्षेत्र भनेको पोखरा उपमहानगरपालिका हो । पोखरा उपमहानगरपालिकाभित्र मात्र करिब पाँच हजार शौचालय बन्न बाँकी रहेको जिविसले जनाएको छ । त्यसपछि भरतपोखरी गाविसमा पाँच सय ५० शौचालय बन्न बाँकी छन् । कास्कीमा ४३ गाविस, एक उपमहानगर र एक नगरपालिका छन् । सवै गाविस र नगरपालिकाका प्रत्येक घरमा शौचालय बनीसकेपछि बल्ल कास्की खुला दिसामुक्त जिल्ला घोषणा हुनेछ । चैत्र मसान्त लक्ष्य भए पनि फागुन महिनाभित्रै यो अभियान सकिने दाबी सुवेदीको छ । अहिलेसम्म १७ वटा गाविसलाई खुला दिसामुक्त घोषणा गरिसकिएको छ । पुरनचौर, घाचोक, सैमराङ लगायत सात गाविस घोषणाको तयारीमा रहेका योजना अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।
यस कार्यक्रम अर्न्तर्गत पक्की नै खर्चिलो शौचलाय हुनुपर्छ भन्ने छैन । जिविसले न्यूनतम मापद-डसहितको कार्यविधि बनाएको छ । सो अनुसार कमतीमा चार पाँच हजार रुपैयाँमा सामानय शौचालय बन्नसक्छ । घरधनीको हैसियत अनुसार शौचालय बनाउनका लागि प्रोत्साहन गर्दै आएको स्थानीय विकास अधिकारी सुवेदीले जानकारी दिए । स्थानीय बासिन्दाको आर्थिक हैसियत अनुसार जिविसले एकद्वार नीति अर्न्तर्गत सहयोग प्रदान गर्ने गरेकावे छ । शौचालय निर्माण गर्द अतिविपन्न र विपन्न परिवारका लागि मात्र एउटा प्यान डेढ मिटर पाइप र एक बोरा सिमेन्ट गाविसले समुदायको सिफारिसमा उपलब्ध गराउँदै आएको छ । आर्थिक रुपमा सक्षम परिवारले भने आफ्नो लागि आफैले शौचालय निर्माण गरी गरिवलाई समेत सहयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । खुला दिसामुक्त अभियान अर्न्तर्गत विभिन्न चौध चरण छन् । तिनमा ओरिएन्टेसनबाट सुरु भएर हस्तान्तरणसम्म पर्छन । यी चौध चरण पार गर्न एक सय दिनको समयसीमा तोकिएइको छ । सवैभन्दा छिटो काम सुरु गरेको लाहाचोक गाविसले १० दिनमा सवै काम सकेर उदाहरण नै प्रस्तुत गरेकावे छ । कास्कीका सवै घरमा शौचालय निर्माणको लागि करिब १५ करोड रुपैयाँ खर्च लाग्नेमा सोभन्दाकम लागतमा नै अभियान सम्पन्न गरिने सुवेदीले जानकारी दिए । हालसम्म सवैतिरबाट गरी एक करोड रुपैयाँ खर्च भइसकेकावे छ तर यो अभियानका लागि नै भने कुनै विदेशी दाताले रकम दिएको छैनन । ससानो रुपमा संकलित रकम यो अभियानमा प्रयोग हुँदै आएको छ । निर्माण व्यवसायी संघको केही साताअघि सम्पन्न एक कार्यक्रममा एक छात्राले यो अभियानका लागि भन्दै पाँच हजार रुपैयाँ सहयोग गरेकी थिइन । यो अभियानका क्रममा कास्कीका सवैजसो गाविसमा स्थानीय विकास अधिकारी घुमिसकेका छन् । सो क्रममा धेरैखाले अनुभव समेटेको उनले बताए । उनले भने 'मेरो घरमा शौचालय बनाउ कि नबनाउ, तिमीलाई के मतलव भनेर धेरैले भने तर हामी उनीहरुलाई सम्झाउँदै अघि बढेका छौं ।'
यो अभियानमा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, कास्कीका सवै गाविस, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, युनिसेफ नेपाललगायत संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् । कतिपय गैरसरकारी सस्थाले पुरै गाविसको जिम्मा लिएर काम गरिरहेको छ । असल छिमेकी संस्था (गेनेसा)ले लामाचैर, धम्पुस आदि गाविसमा यस अभियानमा सघाएको छ । यसैगरी माछापुच्छ्रे विकास संघले हेम्जा, कास्कीकोट लुम्ले र धान्द्रुक गाविसमा काम गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पार्चे, ल्वाङघलेल, दाङसुङ, नेपाल रेडक्रस सोसाइटी कास्कीले मिजुरेडाँडा, भाचोक, सैमराङ थुमाकोडाँडा, कञ्चन नेपालले सिल्दजुरे, नेस्ट नामक संस्थाले माझठाना गाविसमा यो अभियानलाई सघाएका छन् । सीड फाउन्डेसनले पनि लेखनाथ क्षेत्रमा काम गर्दै आएको छ । खानेपानीको स्रोतमा मात्र नभएर पुरै समाज स्वच्छ र स्वस्थ राख्नमा यो अभियान सहयोगी सिद्ध हुने आशा गरिएको छ । समग्र नेपालको तुलनामा कास्की जिल्ला खानेपानी र सरसफाईमा उत्कृष्ट नै मानिन्छ । पुरै नेपालमा औसतमा खानेपानीको उपलब्धता ८१ प्रतिशत रहेकामा कास्कीको भने ८६ प्रतिशत रहेको छ । शौचालय प्रयोग गर्ने घरपरिवार नेपालमा ४६ प्रतिशत रहेकोमा कास्कीमा ७८ प्रतिशत छ । विश्वव्यापी एक तथ्याँकका अनुसार विश्वका करिब ५९ प्रतिशत मानिसले शौचालय उपभोग गरेका छन् । बाँकी ४१ प्रतिशतले खुला ठाउँमै दिसा गर्ने गरेका छन् । विश्वभर फैलने रोगव्याधिमध्ये ४५ प्रतिशत रोगव्याधिको कारण दिसापिसाव हो । नेपालमा मात्रै झाडापखलाबाट वर्षोनि पाँच वर्षमुनिका करिब १० हजार पाँच सय बालबालिकाको मृत्यु हुने गरेको छ । सरसफाईको अभावमा देशले वर्षोनि अर्बौको आर्थिक क्षति व्यहोरेको, गरिवी बढाएको र विकासमा नकारात्मक असर पारेको विभिन्न अध्ययनले देखाएका छन् । सन १९८१ मा संयुक्त राष्ट्रसंघद्वारा खानेपानी तथा सरसफाईलाई प्राथमिक्ताको क्षेत्रमा राख्न थालेको हो ।
- भरत कोइराला
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ माघ ५, पेज नं. ६

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image