Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
७७ विद्यालयमा शौचालय बन्ने Print E-mail
Posted by Administrator   
Wednesday, 19 January 2011

ललितपुर : जिल्ला शिक्षा कार्यालयले ७७ वटा सामुदायिक विद्यालयमा शौचालय निर्माण गर्ने भएको छ । छात्रा शौचालय अर्न्तर्गत ४१ र बाहिरी वातावरण विकास कार्यक्रम अर्न्तर्गत ३६ वटा शौचालय निर्माण हुन लागेको कार्यालयले जनाएको छ । छात्रा भर्ना दर बढाउन र विद्यालयमा टिकाइराख्न करिब डेढ करोड लागतमा उक्त काम गर्न लागिएको हो ।

जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले छात्रामैत्री शौचालय नहुँदा उनहिरुको सहभागिता घटेको गुनासो आएकाले सरकारी योजना अनुसार त्यसका लागि बजेट छुटयाईएको बताए । जिल्लाका कुल २ सय १२ मध्ये माग र अवस्थाको आधारमा विद्यालय छनोट गरी बजेट विनियोजन गरिएको उनको भनाई छ । शौचालय निर्माणका लागि प्रतिविद्यालय २ लाख रुपैयाँ दिइने छ । कम्तीमा ६ जनाले एकैपटक प्रयोग गर्न मिल्ने पिसावघर एक कोठे शौचालय र एउटा सरसफाई कक्ष बनाउनुपर्नेछ । छात्राहरुले मासिक श्रावका बेला प्रयोग गर्न सक्ने सफाई कक्ष विद्यालयमा अनिवार्य गरिएकवो निर्माण शाखाका इन्जिनियर इन्द्रमान महर्जनले बताए । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले गरेको अध्ययन अनुसार छात्रामैत्री शौचालय नहुँदा र मासिक श्रावका बेला सुरक्षित कोठा नहुँदा बालिकाहरुले विद्यालय छाडने गरेको देखाएको थियो । शिक्षा मन्त्रालयको तथ्याँक अनुसार प्राथमिक तहमा छात्रा सहभागिता ८८ प्रतिशत छ । त्यसमध्ये कक्षा ५ मा ७ प्रतिशत र कक्षा ८ मा झन्डै १० प्रतिशत विद्यालय छाडने गरेका छन् । माध्यामिक तहमा छात्राले विद्यालय छाडने दर ११ प्रतिशत छ ।
जिशिकाले विद्यालयको 'बाहिरी वातावरण विकास' कार्यक्रम अन्तर्गत थप ३६ विद्यालयमा शौचालयका लागि ७२ लाख रुपैयाँ विनकासा गर्ने भएको छ । योजनामा छनोट भएका विद्यालयले मापदण्डमा रहेर जुनसुकै खालको शौचालय बनाउन पाउने शिक्षा कार्यालयले जनाएको छ । शिक्षा कार्यालयले भौतिक निर्माण अर्न्तर्गत विज्ञान संकायमा दस जोड दुइ अध्ययन सञ्चालन भएका विद्यालयलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । हरेक निर्वाचन क्षेत्रमा पर्ने गष्री ४ विद्यालयका लागि रकम निकासा भएकोमा वज्रवाराही, श्रमीक शान्ति र आदर्श सौल विद्यालय छनोट भइसकेका छन भने एक विद्यालय छनोट हुन बाँकी छ । छनोट भएका हरेक विद्यालयले तीन वर्षा कुल २४ लाख पाउनेछन् । शिक्षा कार्यालयले भवन निर्माणका लागि तीनवटा सामुदायका हस्तान्तरण भएका सहित १५ विद्यालयलाई साढे ६ लाखका दरले बजेट विनियोजन गरेको छ । उनीहरुले यो रकमबाट दुइ कोठे 'ट्रष्ट' भवन बनाउने मापदण्ड तोकिएको छ । बाँकी ६० विद्यालयका लागि मर्मत शीर्षकमा एक लाखका दरले रकम निकासा हुने इन्जिनियर महर्जनले बताए । 'भौतिक निर्माण शीर्षक'मा मात्रै शिक्षा कायालयले चालू आर्थिक वर्ष साढे तीन करोड रुपैयाँ पाएको छ । शिक्षा कार्यालयको कुल बजेट ४५ करोडको छ ।
स्रोत : कान्तिपुर दैनिक, ०६७ माघ ५, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image