Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
'काकाकुल भयौँ, पानी देऊ' Print E-mail
Posted by Administrator   
Wednesday, 19 January 2011

पाँचथर : सदरमुकाम फिदिमदेखि दुइ कोष दक्षिणी क्षेत्र याशोक, रानीगाउँ र स्यभरुम्बा गाविसमा पानीको हाहाकार भएको छ । यस क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएपछि स्थनीयवासी पानी माग्दै हिँडन थालेका छन् । खानेपानी अभावसँग जुधिरहेका जनताले हालै जिल्ला प्रशासन कार्यालयमा आफ्नो क्षेत्रलाई खानेपानी संकट क्षेत्र घोषणा गर्दै खानेपानीको व्यवस्था गरिदिन निवेदनसमेत दिएका थिए ।

खानेपानी संकट क्षेत्र संयोजन समिति गठन गरी संगठित रुपमा सदरमुकाम फिदिम आएरपीडितले प्रशासनका अलवा सम्बन्धित सरकारी गैरसरकारी सरोकारवाला निकाय तथा नागरिक समाज, मानवअधिकारकर्मी र पत्रकारसँग समेत गुहार मागेका छन् । 'सुक्खा क्षेत्र हाम्रो गाउँ, काकाकुल भयौं, पानी पिउन देऊ' भन्ने नार नै उनीहरुले तय गरेका छन् । तल्तिर सिवा खोला र विशाल तमोर त्यसै बगेर खेर गइरहेको छ तर माथि तीन गाविसका २० हजारभन्दा बढी बासिन्दा खानेपानीको अभावमा तडपिरहेका छन् । फिदिममा भेटिएका पीडितहरुको एउटै एउटै स्वर छ, 'खानेपानीको अभावले विस्थापित हुने अवस्थामा छौं ।' स्थानीय झलक लावतीका अनुसार हरेक वर्षसो क्षेत्रबाट १० घरपरिवार खानेपानीको खोजीमा बसाई सर्ने गरेका छन् । 'खानेपानी संकट समाधान नभए समुदायमा विकराल अवस्था आउने र गाउँ नै अन्यत्र सर्नुपर्ने हुन्छ लावतीले भने । 'महिला तथा बालबालिका तिरतिरे कुवा र धाराको पानीमा हारालुछ गर्न राति एक वजेदेखि लाइन लाग्न बाध्य छन्' स्यावरुम्बाका शिक्षक गणेश चेम्जोङले बताए । उनका अनुसार पानीका लाग हानथाप गर्नुपर्दा आपसी सम्बन्धमा नै असर पर्ने गरेको छ ।
पानी अभावले पशुपालन व्यवसाय तथा खेतीमा समेत हास आइरहेको रानीगाउँका समिति संयोजक नरबहादुर खडकाले बताए । तत्काल सो क्षेत्रनजिक सिवा खोलाको पानी ट्रयाक्टरबाट ओसारेर खानेपानीको अभाव टारिँदै छ । ट्रयाक्टरबाट ओसारिएको दूषित पानीले गाउँमा महामारी भित्रने सक्ने सम्भावना बढेको गाउँले नै बताउँछन् । खानेपानी संकट क्षेत्र संयोजन समितिले तत्काल राहतस्वरुप पानी बोक्ने तीनवटा टयाँकरको व्यवस्था गर्नुपर्ने, दीर्घकालीन रुपमा विवादरहित र खेर गइरहेको तमोर नदीको पानीलाइ उपयोग गर्नुपर्ने लगायतका उपाय प्रशासनमा बुझाईएको निवेदनमा उल्लेख छ । यस विषयमा प्रशासनले भौतिक योजना तथा निर्माण मन्त्रालय र राष्ट्रिय योजना आयोगमा सिफारिस पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जलवायु परिवर्तन तथा जंगल विनास भएकाले पानीको स्रोत सुक्न थालेको विज्ञ बताउँछन् ।
स्रोत : नयाँ पत्रिका दैनिक, ०६७ माघ ५, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image