Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
एक करोडको आयोजनामा पानी आएन Print E-mail
Posted by Administrator   
Wednesday, 19 January 2011

बझाङ : धारामा एक थोपा पानी नखसीकन जिल्लामा एक करोड रुपैयाँको खानेपानी आयोजनाको म्याद सकिएको छ । ०६६ सालमा सामुदायिक खानेपानी आयोजनाले सदरमुकाम चैनपुरको ५ र ६ वडाका करिब ३ सय ५० घरपरिवारलाई स्वच्छ खानेपानी खुवाउनका लागि सो आयोजना निर्माण गरेको थियो ।

डाँडागाउँ खानेपानी आयोजना नाम दिइएको सो आयोजनाले डाँडागाउँमा २५ लाखको खर्चमा २५ धारा र धामी लेकमा ७५ लाखको खर्चमा ७५ धारा बनाउने लक्ष्य लिएको थियो तर डाँडागाउँमा ९ र धामी लेकमा ६१ नाममात्रैको धारा बनाएको उपभोक्ताले आरोप लगाएका छन् । 'मुहानमा प्रशस्तै पानी भए पनि धारामा पानी आउँदैन' डाँडागाउँका रवि सार्कीले भने । खानेपानी आयोजनाको इस्टमेट अनुसार पाइपलाइन नखनेको र पानीको टयाँकी पनि इस्टमेट अनुसार नबनाएकाले धारामा पानी नआएको उपभोक्ताले दाबी गरेका छन् । पानीको धारा बनाउँदा पनि सवैलाई पायक पर्ने ठाउँमा नबनाएर उपभोक्ता समितिले आ-आफ्ना घरमा बनाएको धामी लेकका नन्दराज जोशीले बताए । उनले भने 'उपभोक्ता समिति र सामुदायिक खानेपानीका कर्मचारी मिलेर आर्थिक हिनामिना गरे ।' इस्टमेट अनुसार खानेपानीको काम नगरेको भनेर पटक पटक सम्बन्धित कार्यालयमा जानकारी गाउँदा पनि कुनै चासो नलिएपछि उपभोक्ताले जिल्ला प्रशासनमा छानविनका लागि उजुरीसमेत गरेका थिए । तर जिल्ला प्रशासनज कार्यालयले पनि अहिलेसम्म कुनै चासो नदिएको उनीहरुले बताए । प्रमुख जिल्ला अधिकारी कमलकान्त रेग्मीले भने आन्तरिक छानविन भइरहेको बताएका छन् । सामुदायिक खानेपानी आयोजनाको म्याद सकिएकाले जिल्लाबाट गइसकेको छ । अहिले कुवाको पानीले नै सवैले जेनतेन काम चलाईरहेका छन् । सुक्खा मौसममा सेती नदीको धमिलो पानी खानुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताए ।
स्रोत : नयाँ पत्रिका दैनिक, ०६७ माघ ५, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image