Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
भक्तपुरमा खानेपानीको संकट बढदै Print E-mail
Posted by Administrator   
Wednesday, 19 January 2011

भक्तपुर : पानीको घटदो स्रोत र बढदो मागअनुरुप काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुरले नगर र सहरी क्षेत्रमा मागअनुसारको एक तिहाइ पनि खानेपानी उपलब्ध गराउन सकेको छैन । केयूकेएलले माग अनुसारको खानेपानी उपलब्ध नगराएपछि भक्तपुरका अधिकाँश वासिन्दाको खानेपानीका लागि रात विहान नभनी पानी खोज्दैमा समय वित्ने गरेको छ । केही समय अघिसम्म भक्तपुरवासीलाई त्यति धेरै पानीको अभाव थिएन ।

मल्लकालीन समयमा निर्मित इनार तथा ढुंगेधाराबाट पानी आइरहँदा भक्तपुर नगरमा पानीकोअभाव थिएन तर उपत्यकामा बढदो सहरीकरण र अनियमित ढल निर्माणका कारण ढुङ्गेधाराका मुहान सुक्न थालेपछि पानीको अभाव बढदै गएको हो । 'इनार र ढुङ्गेधाराहरु पहिले पहिले पानी लिन र भेटघाट गर्ने थलोको रुपमा थियो तर अहिले झगडा गर्ने थलोजस्तो भएको छ' भक्तपुरको दत्तात्रयमा मल्लकालीन समयमा निर्मित इनारमा पानी लिन पुगेकी सूर्यमढीकी हरिमाया प्रजापतिले गुनासो गरिन् । पानी लिन पालोको कारण दैनिक विवाद हुने गरेको उनले बताइन । खानेपानीको उचित व्यवस्था नहुँदा भक्तपुरवासीले चरम खानेपानी अभाव झेल्नुपरेको छ । घना वस्ती र पानीको स्रोत नभएका कारण भक्तपुरवासीले खानेपानीको धारा तथा इनारमा पानी लिन घन्टौसम्म लाइन वस्ने गरेका छन् । केयूकेएल भक्तपुरले टयाँकरबाट बाँडेको पानीमा स्थानीयवासीबीच झगडासमेत हुने गरेको छ । केयूकेएलले पर्याप्त पानी आपूर्ति गर्न नसकेपछि अधिकाँश व्यक्ति पानी किनेर खान बाध्य भएका छन् । भक्तपुर नगरमा दैनिक एक करोड लिटर खानेपानीको माग हुने गरेकोमा त्यसको एक तिहाई मात्र आपूर्ति हुने गरेको केयूकेएल भक्तपुर प्रमुख सानु कायस्थले जानकारी दिइन ।
'सुक्खायाममा भक्तपुरमा दैनिक ३० लाख लिटर पानी उत्पादन हुने गरेको छ तर माग भने एक करोड लिटर भन्दा बढी छ' उनले भनिन् । सुक्खायाममा मत्रा पानीको अभाव अत्यधिक रहेको तर वर्षायाममा अभाव नभएको उनको दाबी थियो । केयूकेएकलको खानेपानीको स्रोतको रुपमा रहेको महादेव खोलामा प्रत्येक वर्ष उत्पादनमै कमी हुँदै गएपछि पानीको अभाव बढदै गएको हो । यसैगरी भक्तपुरको पानीको अर्को मुख्य स्रोत मध्यपुर थिमीस्थित डिपबोरिङबाट पनि पानी तान्ने कार्यमा कमी हुँदै गएको छ । मध्यपुर थिमीबाट उत्पादित पानी मध्यपुर र काठमाडौमा आपूर्ति गरिएकाले भक्तपुरले कम खानेपानी पाउने गरेको छ । मनोहरा खोलाको बालुवा अनियमित रुपमा झिकेका कारण पानीको स्रोतमा कमी आएको केयूकेएल भक्तपुरले जनाउको छ । त्यस्तै केही समय अघि खानेपानी स्रोत नजिक सञ्चालित बालुवा वासिङ कार्यले सो केन्द्रको उत्पादनमा भारी कटौती भएको थियो । स्थानीय वासिन्दाको दबाबपछि वासिङ मेसिन बन्द भएको छ ।
स्रोत : राजधानी दैनिक, ०६७ माघ ५, पेज नं. ३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image