|
चर्पी बनाएपछि नरबहादुरका घरमा पाहुनाको ओइरो |
|
|
|
Posted by Administrator
|
|
Thursday, 20 January 2011 |
|
बझाङ : तपाईको घरमा कस्ता खाले पाहुना बास वस्न आउँछन ? आफन्त, इष्टमित्र वा चिनेजानेका मान्छे तथ होलान तर बझाङ सुनकुडा ९ रैकोसीका नरबहादुर विष्टको घरमा भने यी बाहेक दलका नेता, सरकारी कर्मचारी र गाउँमापुग्ने नौला मान्छे पनि पाहुना बनेर वास वस्न रुचाउछन । कारण एउटै गाउँभरिमा नरबहादुरकै घरमा चर्पी छ ।
नरबहादुरले दुइ वर्षघि चर्पी बनाएका हुन । रैकोसीमा अरु कसैले पनि चर्पी बनाएका छैनन । चर्पी सुविधा भएकै कारण रैकोसीमा कामका लागि जाने सरकारी र गैरसरकारी नियकायका कर्मचारी, दलका नेता र अन्य नौला मानिस उनकै घरमा बास वस्ने गरेका छन् । 'पहिला पहिला बाहिरबाट गाउँमा आउने मान्छे कमै बास बस्थे' नरबहादुर भन्छन् '२० हजार रुपैयाँ खर्च गरेर चर्पी बनाएपछि त यहाँ आएका नयाँ मान्छे मेरै घरमा बास बस्न थालेका छन् ।' नरबहादुरले घरमा चर्पीमात्र होइन, खानेपानी र सोलारको पनि व्यवस्था गरेका छन् । उनको घर आँगन पनि सफा छ । गाउँमा नरबहादुर भन्दा हुनेखाने धेरै छन तर उनीहरु कसैले घरमा चर्पी बनाएका छैनन । गाउँमा खुला ठाउँमा दिसापिसाव गर्ने बानी छ । नरबहादुरको घरमा चर्पी बनेपछि कामको सिलसिलामा गाउँ जाँदा बास बस्न सजिलो भएको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति धनबहादुर विष्ट बताउँछन । 'त्यस गाउँमा चारजना शिक्षकको घर पनि छ तर उनीहरुले चर्पी बनाएका छैनन' धनबहादुर भन्छन् 'मैले उनीहरुलाई चर्पी बनाउन सुझाव दिएको छु ।' रैकोसीका एक सय ३० घरधुरीमध्ये नरबहादुुरले चर्पी बनाएर गाउँकै इज्जत राखेको धनबहादुरको बुझाई छ । चर्पी सुविधाकै कारण गाउँमा नरबहादुरको घर 'पाहुनाघर' का रुपमा परिचित बन्दै गएको स्थानीय वीरबहादुर विष्टले बताए । उनको अनुसार नरबहादृरको उदाहरणीय काम देखेर गाउँका अन्यले पनि चर्पी बनाउने योजना बनाएका छन् । बझाङ जिल्लाभर ३५ हजार घरधुरी छन ती मध्ये चार हजार दुइ सय परिवारले मात्र चर्पी प्रयोग गर्छन । स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ माघ ६, पेज नं. १ |