Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
'फोहोरी' जिल्लालाई सफा गर्ने योजना Print E-mail
Posted by Administrator   
Thursday, 20 January 2011

बझाङ : सरसफाईमा देशभरिमा ७५ औं स्थानमा रहेको बझाङलाई तीन वर्षभत्र पूर्णरुपमा खुला दिसापिसावमुक्त जिल्ला बनाइने भएको छ । यसअघि ७४ औ स्थानमा रहेको यस जिल्लालाई छिमेकी जिल्ला बाजुराले उछिनेको थियो । सदरमुकाम चैनपुरमा सरसफाईसम्बन्धी रणनीति अभियान र सामाजिक आन्दोलनबारे कार्यक्रममा सरोकारवालाले २०७० सालसम्म बझाङलाई खुला दिसापिसावमुक्त क्षेत्र बनाउने रणनीतिसहितको कार्यक्रम बनाई पारितसमेत गरिएको छ ।

युनिसेफको महिला तथा बालबालिकाका लागि विकेन्द्रित कार्यक्रम र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, शिक्षक, सञ्चारकर्मीलगायत सहभागीले आगामी तीन वर्षभत्र खुला दिसापिसावमुक्त जिल्ला बनाउने प्रतिवद्धता सहित तीनवर्षो जिल्ला रणनीति बनाइएको हो । पहिलो चरणमा जनचेतनामुलक कार्यक्रमसहित  जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति (डिवास) र ४७ वटै गाविसमा ग्रामणि खानेपानी तथा सरसफाई समन्वय समिति (भिवास) गठन गर्ने बताइएको छ । तत्पश्चात सरसफाइ सम्बन्धी आवश्यक जानकारी र सामानसहितको स्रोत केन्द्रहरु स्थापना गरिने छ । त्यसैगरी जिल्लास्थित शिक्षक, कर्मचारीको लगत लिई उनीहरुको घरमा चर्पी भए नभएकोबारे जानकारी लिने र नभएकालाई निश्चित समय दिएर चर्पी बनाउन लगाउने योजना तयार गरिएको छ । यदि त्यो समयावधिभित्र नबनाएमा उनीहरुको नाम र गाउँ उल्लेख गरी सम्बन्धित सूचनापाटीमा टाँस्ने कार्यक्रम रहेको युनिसेफका परामर्शदाता ध्रुव कार्कीले बताए ।
त्यस्तै जिल्लामा रहेका दस राजनीतिक दलका संगठिडत र क्रियाशील करिब १२ हजार सदस्य रहेकोमा प्रत्येक दलले चर्पी नभएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई २०६८ भित्र अनिवार्य रुपमा बनाउन लगाउने प्रतिवद्धता जनाएका छन् । जिल्ला विकास समिति, गाउँ विकास समिति र गैससलाई र्सार्वजनिक शौचालय तथा धारा बनाउनका लागि बजेट छुटयाउन लगाउने योजनासमेत रहेको छ । उल्लेखित काम भए नभएकोबारे नियमित अनुगमन र मूल्याँकन गर्ने सहितको जिल्ला रणनीति बनाई पारित गरिएको स्थानीय विकास अधिकारी गणेशबहादुर खडकाले बताए । जिल्लामा ३५ हजार घरधुरी रहेकोमा हाल चार हजार दुइ सय घरधुरीमा मात्र चर्पी रहेको छ । बाँकी घरधुरीले र्सार्वजनिक ठाउँ र झाडीीमा दिसापिसाव गर्ने गरेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख मोहनलाल जैशीले बताए । जैशीका अनुसार जिल्लाको कुल घरधुरीमध्ये ५८ प्रतिशत खानेपानीमा पहुँच रहेको छ भने बाँकीले कुवा र खोलाको पानी खाने गरेका छन् । सरकारले सन् २०१७ सम्म देशलाई नै खुला दिसापिसावमुक्त क्षेत्र बनाउने घोषणा गरिसकेको छ । सोही अनुरुप यस जिल्लामा पनि सरफाई सम्बन्धी विभिन्न कार्यक्रम हुने गरेका छन् । यद्यपि जिल्लाको हालको तथ्याँक हेर्दा सो योजनालाइ सफल पार्नु चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका छन् ।
स्रोत : नयाँ पत्रिका दैनिक, ०६७ माघ ६, पेज नं. ९

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image