Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानीको चुहावट रोक Print E-mail
Posted by Administrator   
Thursday, 20 January 2011

काठमाडौ उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउँदै आएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को वितरण प्रणाली दयनीय छ । चार पाँच दिन विराएर सातामा एक पटकजसो उपभोक्ताको धारामा चुहिने पानीले बोतल मात्रै भरिने होकि, गाग्रसमेत भरिन्छ, ठेगान हुन्न ।

केयूकेएलले पानी संकलन केन्द्रबाट पर्याप्त पानी छोडेको दाबी गर्छ तर र्सवसाधारणको धारासम्म पुग्ने क्रममा बाटोमै दैनिक झन्डै अढाई करोड लिटर पानी हराउँछ । दैनिक माग ३२ करोड लिटर वितरण गरिरहेको दावी गर्छ तर उपभोक्ताको धारामा साढे नौ करोड पुग्छ । बाटोमा अरु कसैले चोरेर पानी हराउनुभन्दा पनि राणाकालीन थोत्रा पाइपलाइन र जमिनमुनीको पाइप टुटफुट भएर उसको वितरणको २० प्रतिशत चुहावट हुन्छ । खानेपानी संस्थानबाट पानी वितरणको जिम्मा लिएको तिन वर्षपुगिसक्दा समेत चुहावट नियन्त्रण गर्न नसक्नु केयूकेएलको कमजोरी हो । थोत्रा पाइपलाइन छन र आधुनिक प्रविधि नभएर चुहावट भइरहेको छ भनेर सुधार नगरी यत्तिकै बस्ने हो भने अब उपभोक्ताको धैर्यताको बाँध टुटन सक्छ । धेरै दिन विराएर आउने, पानी नचुहिकन मिटर घुमिरहने, ढल मिसिएको पानी आउनेजस्ता विभिन्न कारणले आजित उपभोक्तामाथिको विश्वास टिकाइराख्ने हो भने अब केयूकेएलले चुहावट नियन्त्रण गर्न सक्नुपर्छ । जसवाट दिनको अढाई करोड लिटर थप पानी र्सवसाधारणको धारामा पुग्दा सवैले राहतको सास फेर्नेछन ।
उपत्यकाका ३२ लाख बढी उपभोक्तालाई खानेपानी उपलब्ध गराउनेजस्तो जिम्मेवारी बोकेको कम्पनीले जमिनमुनीको पाइपलाइनमा समस्या आएको पत्ता लगाउने प्रविधि भित्रयाउन ढिला गर्नुहुन्न । राणाकालीन थोत्रा पाइपलाइन फेरेर नयाँ व्यवस्था गर्न सक्नुपर्छ र पाइप राख्दा जमिनमुनि कम्तीमा तनि फीटभन्दा तल राख्नुपर्ने प्राविधिक प्रावधान कडाइका साथ पालना गराउन पछि हटनुहुन्न । होइन भने माग र वितरणको निकै ठूलो अन्तरले सातामा एक पटक पानी थापेर पनि खुरुखुरु पूरै शुल्क तिरिरहेका उपभोक्तामाझ आफ्नो अस्थित्व जोगाइराख्न नसक्ने दिन आउन बेर छैन । अहिले उपत्यकाका आधाजसो उपभोक्ता पानी नआउने केयूकेएलको धाराको विल पनि तिर्छन तर निजी टयाँकरको पानी पिइरहेका छन । जार र बोतलले धेरैको प्यास मेटिएको छ ।
स्रोत : राजधानी दैनिक, ०६७ माघ ६, पेज नं. ६

Last Updated ( Tuesday, 25 January 2011 )
 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image