Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानी पुगेपछि रामपुरवासी दङ्ग Print E-mail
Posted by Administrator   
Thursday, 20 January 2011

धादिङ : जिल्लाको चैनपुर १ तल्लो रामपुरका बाबुराम इटानी आफ्नो घरको दैलोमा खानेपानीको धारा बनाएर पानी खाउँला भनेर कल्पना समेत गर्न सकेका थिएनन् । अहिले उनले घरको आँगनमै खानेपानीको धाराबाट पानी र्झन थालेपछि उनी दङ्ग परेकि छिन् ।

तल्लो रामपुर खानेपानी तथा सरसफाई योजना अर्न्तर्गत तल्लो रामपुरवासीको प्रत्येक घरघरमा धारा फिटिङ भई आफ्नो आँगनबाटै पानी थाप्न पाएपछि इटानी मात्र नभई तल्लो रामपुरवासी सवै दङ्ग परेका छन् । गाउँमा खानेपानीको सुविधा नुहँदा विहानै उठेर एक गाग्री पानी लिन हिँडेर आधा घण्टा लगाएर जाँदा पनि पालो कुर्नु परेपछि विहानको समय विताउनुपर्ने अवस्था रहेको इटानीले भन्नुभयो अहिले गाउँको प्रत्येक घरघरमा फिटिङ गरेको खानेपानीको धाराबाट पानी आउन थालेपछि सजिलो भएको छ । उहाँका अनुसार पानाीको हाहाकार हुने भएकाले गाउँलेले आफूले चाहेजति पशुसमेत पाल्न सकेका थिएनन् । अहिले घरको आँगनमा बनाएको धाराबाट पानी प्रशस्त आएपछि घरपालुवा पशुको संख्या बढाउने मनसायमा गाउँले रहेको कृषक मायानाथ सिलवालले बताउनुभयो । उहाँले गाउँमा खानेपानीको सुविधा भएपछि आफ्नो वारीमा तरकारी खेतीसम्म गर्न थालेको बताए । गाउँमा खानेपानीको सुविधा भएपछि घरमा काम गर्न वसेका गृहिणीहरुले खानेपानीको समस्या भोग्दै आएकोमा अब अन्त्य भएको छ ।
गाउँमा खानेपानी ल्याउन गाउँलेको जनश्रमदानसहित जिल्लामा रहेको गैरसरकारी संस्था फनबोटले १६ लाख रुपियाँको लागतमा माथिल्लो रामपुर २ देउरालीमा रहेको खानेपानीको मुहनबाट २९ सय मिटर माथिबाट पानी लाउने योजना सम्पन्न भएपछि गाउँको सवैको घरघरमा खानेपानीको धारा पुगेको हो । माथिको मुहानबाट तल गाउँमा खानेपानी पुर्याउन पानी जम्मा गर्न दुइ वटा टयाँकी निर्माण गरिएको छ । यो खानेपानी तथा सरसफाई योजनाबाट गाउँका एक सय ६१ घरपरिवार लाभान्वित भएको समितिको अध्यक्ष युवराज इटानीले बताउनुभयो । विगतका दिनमा खानेपानीको समस्याले गुज्रिदै आएका तल्लो रामपुरका गाउँले अहिले खानेपानीको सुविधा भएपछि उनीहरुको आगामी दिनमा आर्थिक विकासमा टेवा पुग्ने फन्डबोर्ड संस्थाका अध्यक्ष भीम ढुङ्गानाले बताउनुभयो । गाउँमा खानेपानीको अभावले कपडा धुन नपाउनुका साथै पँधेरोमा खानेपानी भर्ने निहुँमा हुने झै झगडाको अन्त्य भएको गाउँलेको भनाइ रहेको छ ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ माघ ६, पेज नं. १२

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image