Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
कागजमा खानेपानी योजना सम्पन्न Print E-mail
Posted by Administrator   
Thursday, 20 January 2011

धारामा पानी आउने कहिले ?
बझाङ : सदरमुकाम चैनपुरसँगै जोडिएको डाँडागाउँ र धामीलेकमा एक करोड रुपैयाँको लगानीमा सम्पन्न गरिएको खानेपानी आयोजनाको धारामा पानी नै नआएर सम्पन्न भएको छ । २०६६ सालमा सामुदायिक खानेपानी आयेाजनाले उक्त ठाउँमा बसोवास गर्ने करिब ३५० घरपरिवारलाई शुद्ध खानेपानी खुवाउनका लागि सो आयोजनाको निर्माण कार्य गरिएको थियो तर कागजातमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको देखाएको भए पनि धारामा भने पानी आएको छैन ।

डाँडागाउँ खानेपानी आयोजना नाम दिइएको उक्त आयोजनाले डाँडागाउँमा २५ लाख रुपियाँको खर्चमा २५ धारा र धामीलेकमा ७५ लाख रुपियाँको खर्चमा ७५ वटा धारा बनाउने लक्ष्य लिएको भए पनि डाँडागाउँमा नौ र धामीलेकमा ६१ वटा नाम मात्रैका धारा निर्माण भएको उपभोक्ताहरुले आरोप लगाएका छन् । खानेपानीको मुहानमा प्रशस्तै पानी भए पनि धारामा पानी आउँदैन डाँडागाउँका रवि सार्कीले भन्नुभयो खानेपानी आयोजनाको इस्टमेटअनुसार पाइपलाइन नगाडिएको तथा पानीको टयाँकी पनि इस्टमेट अनुसार नबनाएकोले धारामा पानी नआएको हो । उपभोक्ता समितिका पदाधिकारी र आयोजनाका कर्मचारीहरुको मिलेमतोमा चरम आर्थिक हिनामिना भएकोले इस्टमेट अनुसार काम नभई आयोजना अलपत्र अवस्थामा परेको सार्कीले बताउनुभयो । पानीको धारा बनाउँदा पनि सवैलाई पायक पर्ने ठाउँमा नबनाई उपभोक्ता समितिका पदाधिकारीहरुले आ-आफ्नो घरमा धारा बनाएको तर उनीहरुको धारामा पनि पानी नआएको धामीलेकको नन्दराज जोशीले बताउनुभयो । धामीले भन्नुभयो खानेपानी मुख्य लाइनको पाइप कामचलाउ रुपमा मात्र गाडिएकाले जो कोहीले काटेर लाने तथा काटिदिने एकातिर छ भने अर्कोतिर बनाइएका डन टेक र मूख्य टयाँकी पनि चुहिने गरेका छन् । इस्टमेट अनुसार खानेपानीको काम नभएको भनेर पटक पटक सम्बन्धित कार्यालयमा जानकारी गराउँदा पनि कार्यालयले कुनै चासो नदिएपछि जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दियौ तर जिल्ला प्रशासन कार्यालयले पनि अहिलेसम्म कुने चासो नदिएको सार्कीले बताउनुभयो । सामुदायिक खानेपानी आयोजनाको कार्यक्रम सकिएकाले जिल्लाबाट गइसकेको छ । त्यहाँ के भएको हो आफूले बुझने खानेपानी तथा सरसफाई डिभिजन बझाङ प्रमुख मोहनलाल जैशीले बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी कमलकान्त रेग्मीले आयोजनाको बारे उजुरी परेको स्वीकार्दै आन्तरिक छानविन भइरहेको बताउनुभयो ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ माघ ६, पेज नं. १३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image