Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
पानी कि विष ? Print E-mail
Posted by Administrator   
Friday, 21 January 2011

विगत एक महिनादेखि यटखा तम्मोगल्लीभित्र ढल मिसिएको गन्हाउने पानी आइरहेको छ । हिजो विहीवार विहान ५ बजेदेखि ९-१० बजेसम्म ढल मिसिएको गन्हाउने पानी धारामा आइरहेको थियो । यस्तो पानी पठाएर जनताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको र्सवविदितै छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा उजुरी गर्न गयो काउन्टरका मान्छेबाहेक कोही भेटिदैन केयूकेएलले गर्न खोजेको के हो ? सरकार चट्टानझै मूकदर्शक भएर हेरिरहेको छ ।

सरकारले यसमा केही चासो देखाएको छैन । यस्तो नियमित नभई नहुने पानीदेखि लिएर दैनिक प्रयोगमा आउने खाद्यवस्तुहरुमा कडाइका साथ अनुगमन गर्नु नि ! जुनसुकै सरकार आएपनि टिम खडा गर्छैन । टिम खडा गरेसम्म समाचार सुनिन्छ तर कार्यान्वयन गरेको समाचार कमै सुनिन्छ । बर्सपिच्छे सरकार फेरिन्छ तर जुनसुकै सरकार आएपनि अवको पाँच वर्षछि पानीको छेलोखेलो हुन्छ भनी नानाथरीका भाषण छाँटने कामचाहि हुन्छ तर कार्यान्वयन हुने दिन कहिले आउँदैन यो भाषण त वीस वर्षदेखि सुनेको भाषण हो ।
केयूकेएल यतिसम्म लाचार छ कि विभिन्न पत्रपत्रिकामा नियमित खानेपानीको महसुल तिरौ भनेर विज्ञापन दिएको हुन्छ तर पानी भने नियमित पठाउनुपर्छ भन्ने दिमागमा किन आएन ? त्यो विज्ञापनको पौसा पनि हामीबाटै नै असुली गरिरहेको छ । अब त हामी आफै सचेत भएर धर्ना दिएरु भएपनि यस्ता दूषित पानी पठाएवापत उल्टै केयूकेएलले जनताको अदालतमा जरिवाना तिर्नुपर्ने नियम बनाउने कि ? यी नेताहरुले देश र जनताको लागि केही गर्नुर् छन । खाली एकआपसमा झगडा गर्यो दिन काटयो भत्ता पकायो । के नै गरेका छन जनताका लागि यी नेताहरुले ?
- सरिना महर्जन, सुमन जोशी तथा १९ र २६ वडाका बासिन्दा, काठमाडौ
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ माघ ७, पेज नं. ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image