Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
न सरकारी बिजुली, न सरकारी धारा Print E-mail
Posted by Administrator   
Saturday, 22 January 2011

काठमाडौंको नमूना घर
राजधानीको छाउनीस्थित सैनिक ब्यारेकसँगै जोडिएको डल्लु आवास क्षेत्रमा छ, रोशनकुमार श्रेष्ठको घर । बाहिरबाट हेर्दा सामान्य, तर भित्र छिर्ने हो भने भन्न करै लाग्छ, यो बातावरणीय दृष्टिले काठमाडौंकै नमूना घर हो । मात्र चार आनामा बनेको छ उनको घर । तर घरलाई हरियोपरियो बनाउन ठूलो ठाँउ हैन, ठूलो मन चाहिन्छ । यो कुरा रोशनले मज्जाले देखाइदिएका छन् । उनको घरमा बगैंचा र करेसबारीको कमी छैन । उनले आगनमै विभिन्न प्रजातिका फूल फुलाएका छन् । मेवाको बोट लटरम्म छ । विषादी नहालिएका हरिया सागपात करेसबारीमा झुलिरहेका देखिन्छन् । फूलहरूसँगै हरियो र अकबरे खुर्सानी कति सुहाएका ! घरको छतमा उक्लेर हेर्दा स्वयम्भू आफ्नै अघिल्तिर उभिएको भान हुन्छ ।

अगाडि छाउनी ब्यारेकले यो पुरै क्षेत्र खुला- खुलाजस्तो लाग्छ, कोलाहल र भीडभाडयुक्त काठमाडौं पनि । उनको घरमा सरकारी धारा छैन । उनी प्रकृतिले दिएको पानी जम्मा गर्छन् जुन वर्षोभरि पुग्छ । नुहाएको र भान्साको फोहोर पानीसमेत घरबाट बाहिर मिल्किँदैन । त्यसलाई रोशन जैविक विधिबाट पुनः प्रशोधन गर्छन् । र त्यो फेरि घरकै प्रयोगमा आउँछ । शौचालयबाट बगेर आउने दिसापिसाबसमेत र्सार्वजनिक ढलमा मिसिादैन । तीनलाई छुट्टाछुट्टै भाँडामा जममा गरेर तरकारी र फलफूलमा प्रयोग गरेका छन् उनले । सुकुटी अचार सुकाउन छतमा ड्रायर राखिएको छ जुन विद्युत प्राधिकरणले दिनमा १३ घन्टामात्र दिने बत्तीले होइन, प्रकृतिको उपहार घामको प्रकाशले चल्छ । त्यही भएर बढदो लोडसेडिङको चिन्ता छैन उनलाई । घामकै प्रकाशबाट घरका सवै उपकरण मज्जैले चलेका छन् ।
हामी सबै वातावरणीय सुधारका लागि अनेकथरि कुरा गछौं नेताहरुका भाषण सुन्छौ । पत्रपत्रिकामा छापिने अनुसन्धानका समाचार चाख दिई दिई पढदौ वाटामा हिँडदा फोहोर भयो भनेर नाक खुम्च्याउँछौ बजारमा पाइने तरकारीमा विषादी हालिएको छ भनेर उमार्ने किसान र बेच्ने व्यापारीलाई सराप्छौ । घरमा बत्ती आउने समय गन्दै विद्युत प्राधिकरणको उछित्तो काढछौ । तर यी सवका बीच हामी आफैले वातावरणीय सुरक्षा र प्राकृतिक उर्जाको प्रयोगमा ध्यान दिएका छौ त ? बजारको फोहोरले भन्दा बढी असर गर्छ घरकै फोहोरले । हामी बजारमा घुम्नेहिाडने त केही घन्टामात्र हो घरमा धेरै समय विताउनुपर्छ यस हिसावले उर्जा र वातावरणीय दृष्टिले सवभन्दा राम्रो बनाउनुपर्ने भनेको आफ्नै घरलाई हो । रोशनकुमार श्रेष्ठ ती सवैका लागि दहो जवाफ हुन जो खाली अर्काको कमजोरी मात्र कोतरेर बस्छन् । मानवीय बासस्थान सुधारमा काम गर्ने राष्ट्रसंघीय संस्था यूएन हयाविटाटमा दक्षिण एसियाली प्रमुख प्राविधिक सल्लाहकार छन् रोशन । उनको  भनाईमा र फोहोर आफैमा उर्जाको ठूलो स्रोत हुन । 'यिनको उचित प्रयोग हुन सके एउटा घरका सामान्य आवश्यकता पुरा गर्न बाहिरी स्रोतको भर पर्नुपर्दैन' उनी भन्छन् । काठमाडौ महानगरपालिका १५ डललु आवास क्षेत्रको उनको घरमा पाँच जनाको परीवार बस्छ । उनीहरुले घाम र पानीको उचित प्रयोग र फोहोर व्यवस्थापनबाट आफूलाई चाहिने उर्जा पुर्याइरहेका छन् ।
आकाशेपानी संकलन
पुरै घरमध्ये १४ वर्गफिट छतलार्य उनले आकाशेपानी संकलन गर्ने हिसावले डिजाइन गरेका छन् । त्यही आकाशेपानीबाट वाषिर्क १ लाख ६० हजार देखि २ लाख लिटरसम्म पानी संकलन हुन्छ । सवभन्दा पहिला वर्षाको पानीबाट छतमा रहेकापे पोहोर पखालेर बाहिर बगाइन्छ त्यसपछि आउने सफा पानी वीस फिट गहिरो इनारमा जम्मा गरिन्छ । इनारमा जम्मा भएको पानी प्राकृति रुपमा प्शोधन भएपछि आठ हजार लिटर क्षमताको अन्डरग्राउन्ड टयाँकीमा जम्मा गरिन्छ । र त्यहाँबाट छतमा रहेको हजार लिटर क्षमताको टयाँकीमा पुर्यान्छ । घरभरि पानी वितरण व्यवस्था यही टयाँकीबाट मिलाइएको छ । वषर्ाको पानी इनारमा जम्मा गर्दा जमिनले सोस्न पाउँछ । यसले जमिनमा पानी रिचार्ज गर्नसमेत मद्दत गर्छ । श्रेष्ठले सन् २००२ मा घर बनेपछि नै खानेपानीको धारा काटिदिएका थिए । अहिलेसम्म वर्षाबाट इनारमा जम्मा भएको पानी नै पिउन र घरका अरु काममा प्रयोग गर्ने गरेका छन् । पुर्याउँछन होला यिनले ? 'खै पुगिरहेको छ' उनी भन्छन 'सवै व्यवस्थापनको कुरा हो ।'
घाम उर्जा
आकाशेपानी पिउनलाई शुद्धीकरण उपायचाहि अपनाउनैपर्छ । तर यसका लागि उनी विकासे विधिमा भर पदैनन उनीसँग प्राकृति तरिका छ । उनी पानीलाई बोतलमा भरेर  घाममा राखछन र घामकै तापबाट शुद्ध पार्छन । यसलाई 'सोडिस प्रविधि'  भनिन्छ । यो प्रविधिमा २० सेन्टिमिटर चौडाइको सिसा वा प्लास्टिकको बोतलमा पानी राखिन्छ । यो सौर्य किरणबाट पानी स्वच्छ पार्ने सजिलो तरिका हो उनी भन्छन् । पानी शुद्धीकरणलाई मात्र होयन घरमा विजुलीबत्ती बाल्न पनि उनी घामकै भर पर्छन । ८ सय र २ सय वाट गरी एक हजार वाटका दुइ सोलार प्यानलले तीनतले घरलाई चाहिने उर्जा यथेष्ठ पुगेको उनी बताउँछन् । वर्षा ३ सय दिनै घाम लाग्ने मुलुकमा सौर्य उर्जाको प्रयोग बढाउनसके उर्जा संकट र्टार्न सकिने उनको भनाई छ ।
वातावरणीय शौचालय
दिसा अर्कैतिर जाने र पिसाव अर्कैतिर जाने (इकोसान) कमोटको प्रयोग श्रेष्ठको घरको अर्को विशेषता हो । काठमाडौमै अर्डर गरी बनाएको यो कमोटबाट दिसा सय लिटर क्षमताको डस्टविनमा जम्मा हुन्छ भने पिसाव उत्तिकै क्षमताको अर्को टयाँकीमा । कमोटमा दिसा सफा गर्ने पानीको साटो खरानी प्रयोग गरिन्छ । खरानीले किटाणु मार्नुका सथौ दुर्गन्ध पनि आउँदैन । पाँच महिनामा डस्टविन भरिएपछि उनी अर्को फेर्छन । पिसावले टयाँकी भरिएपछि त्यसलाई बोतलमा जम्मा गरिन्छ । यो विधिबाट पाँच महिना अवधिमा दिसाजति माटो भइसक्छ उनी त्यही दिसा र बोतलको पिसावलाई बारीमा मलका रुपमा प्रयोग गर्छन ।
पानी प्रशोधन
श्रेष्ठका घरमा भान्सा र वाथरुममा प्रयोग भएको पानीप्रशोधन गर्ने छुट्टै प्रविधि छ त्यो पनि परम्परागत । उनले घरपछाडी दुइ मिटरजति चौर्डाई र लम्बार्य भएको जमिनमा एक मिटर वालुवा भरेर नर्कट रोपेका छन् । बाथरुम र भान्सावाट आउने पानी सिधै बालुवा हुँदै इनारमा जम्मा हुन्छ । नर्कटका जरा जमिनमुनी निकै गहिरोसम्म जान्छ र पानीमा रहेको फोहोर टुक्रा टुक्रा पार्ने क्षमता राख्छ । यसले पानी प्रशोधनमा ठूलो मद्दत गर्ने उनी बताउँछन् । 'बायो स्यान्ड फिल्टर नाम दिइएको यो प्रविधि धुलिखेल अस्पतालमा समेत प्रयोग गरिएको छ । भान्सावाट आउने फोहोरबाट पनि कम्पोष्ट मल बनाउँाछन उनी । पुरै घरबाट निस्कने मध्ये पाँच प्रतिशत पोहोरमात्र बाहिर जान्छ' उनी भन्छन 'सबै घरबाट निस्कने अधिकाँश फोहोर फेरि प्रयोग गर्न सकिन्छ तर यसको चेतना नुहँदा सवैले बाहिर मिल्काइरहेका छन् ।'
छतमा आँगन
घरको वार्दलीमा 'टेरेस गार्डन' छ जहाँ कागती अम्बा, रायो, पालुगो, धनिया लगायत तरकारी रोपिएको छ । वार्दलीमा एक फिट माटोमात्र भरिएको छ । फुर्सतमा बगैचामा काम गर्दा छुट्टै आन्नद आउने र समय पनि कटने उनी सुनाउँछन् ।
वातावरणमैत्री घर्रखर्च
'घर बनाउन लाग्ने खर्चमा ३ देखि ५ प्रतिशतमात्र अतिरिक्त लगानी गरेर वातावरणमैत्री बनाउन सकिन्छ' रोशन भन्छन् 'सुरुमा बढी लगानी परे पनि उर्जामा आत्मनिर्भर हुँदा दीर्घकालमा धेरै पैसा बचन हुन्छ ।' वातावरण क्षेत्रमा सन १९८७ देखि काम गर्दै आएका श्रेष्ठ १९९९ मा 'वेस्ट वाटर म्यानेजमेन्ट'मा विद्यावारिधि गरेपछि यसमा थप चासो बढेको बताउँछन् । अरु देशमा धेरैले यसैगरी प्राकृतिक उर्जाबाट दैनिक काम चलाइरहेको देखेपछि उनी थप प्रोतत्साहित भएका हुन । जर्मनीमा वर्षाको पानी ढलमा नपठाए सरकारले ढल खर्च लिदैन । भारतको राजधानी नयाँ दिल्लीमा राष्ट्रमण्डलीय खेल हुँदा उदघाटन गरिएको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा वर्षाको पानी रिचार्ज गर्न सयौं इनार खनिएका छन् । भारतीय राष्ट्रपति भवनमा समेत वर्षाको पानी फेरी प्रयोग गरिन्मछ । सिँगापुर विमनस्थलले वर्षाको पानी जम्मा गरेर आपूर्ति गर्छ । 'नेपालमा भने सरकारी स्तरबाट यस्ता उदाहरणीय काम भएको छैनन्, न त नयाँ घर निर्माण गर्दा कसैले यसमा चासो दिने गरेका छन्' उनी भन्छन् । सरकारले चाहयो भने मुलुकको शासनकेन्द्र सिँहदरवारलाईमात्र पनि वातावरणमैत्री बनाउनसक्छ । तर यसमा कहिल्यै प्रयास भएको छैन । काठमाडौ उपत्यकामा बनेका २० प्रतिशत घरले मात्र बर्खाको पानी इनारमा जम्मा गर्ने हो भने पानीको समस्या समाधान हुने उनी बताउँछन् । उहिलेका पोखरी र राजकुलो पानी जम्मा गर्ने स्रोत हुन वर्खाको पानी जम्मा गर्न इनार बनाउने हो भने सुक्दै गएका पुराना धारामा समेत पानी आउने सम्भावना उनी देख्छन् । 'यसका लागि अरु केही चाहिदैन सरकार दृढ हुनुपर्छ । कडा नीतिनियम र बाध्यकारी व्यवस्था ल्याउने हो भने प्रत्येक घरले आफूलाई चाहिने उर्जा आफै निकाल्नसक्छन्' उनी भन्छन् । सरकारले कम्तिमा उपत्यकामा बनिरहेको ठूला संरचनालाई वातावरणमैत्री बन्न बाध्य पार्नुपर्ने उनको सुझाव छ । अनि त न लोडसेडिङको चिन्ता हुन्छ न यो महँगीमा लिटरको लिटर डिजेल डकार्ने जेनेरेटर र विजुलीको शुल्प बढाउने इन्भटर नै प्रयोग गर्नुपर्छ ।
- श्याम भट्ट
स्रोत : नागरिक दैनिक, ०६७ माघ ८, पेज नं. ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image