Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
सगरमाथा-मकालु खानेपानी परियोजना उद्घघाटन Print E-mail
Posted by Administrator   
Sunday, 23 January 2011

धरानवासीमा खुसियाली
धरान : पूर्वाञ्चलकै निजी क्षेत्रको सवैभन्दा ठूलो खानेपानी परियोजना धरानमा सम्पन्न भएकपो छ । विसं २०५९ देखि निर्मण सुरु भएको सगरमाथा-मकाले खानेपानी परियोना सम्पन्न भएपछि शनिवार उद्घाटन गरिएको छ । खानेपानी समस्याका कारण काकाकुल बन्दै आएका धरानवासीलाई परियोजना सम्पन्न भएपछि खानेपानी आपूर्तिमा सहज हुने भएको छ ।

दुइ घन्टाको बाटो हिँडेर खानेपानी बोक्दै आएका धरान ११ र १७ का बासिन्दाले परियोजना सम्पन्न भएकोमा नाचगान गरी खुसियाली मनाए । ती वडाका सगरमाथा, मकालु, सुर्ययमुखी, साउने, असारे टोललगायत रिसोर्ट लाइनका एक हजार तीन सयभन्दा बढी घरधुरी उक्त परियोजनाबाट लाभान्वित भएका छन् । परियोजना सम्पन्न भएपछि खानेपानी व्यवस्थापन आयोजना गरी उदघाटन गर्यो । परियोजना सम्पन्न गर्न विशेष सहयोग गरेका नेपाल शेर्पा संघका पूर्व केन्द्रीय अध्यक्ष कृपासुर शेर्पाले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा खानेपानी व्यवस्थापन समितिले परियोजनालाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान पनि गर्यो ।
परियोजना अर्न्तर्गत सुनसरीको विष्णुप्रादुका गाविसको पकुवा खोलाबाट पाइपमा पानी ल्याएर धरान ११ मा एक लाख ५० हजार लिटरको पक्की टयाँकी निर्माण गरिएको छ । परियोजना सम्पन्न गर्न सरकारी तथा गैरसरकारी संस्था र विभिन्न व्यक्तिले ५३ लाख ८८ हजार एक सय ६४ रुपैयाँ सहयोग गरेका छन् । परियोजना सम्पन्न गर्न उपभोक्ताले ५० लाखभन्दा बढीको जनश्रमदान गरेको समितिका सचिव मानबहादुर विश्वकर्माले बताए । परियोजना सम्पन्न भएपछि धरानका ११ र १७ वडाका विभिन्न टोलमा ६८ वटा सार्वजनिक धारा र मिटर जडान गरी एक सय ३ वटा धारा जडान गरिएको शेर्पाले बताए ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ माघ ९, पेज नं. ९

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image