Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
महानगरको डस्टबिन खरानी हुन थाले Print E-mail
Posted by Administrator   
Monday, 24 January 2011

काठमाडौं : महानगरपालिकाले सडकछेउ राखेको हरियो रंगको डस्टविन जलेर नष्ट हुन थालेका छन् । ती डस्टबिन सहरको फोहोर व्यवस्थापनका लागि ६ महिनाअघि चीन सरकारले महानगरपालिकालाई अनुदान दिएको थियो । तर डस्टविन प्रयोगकर्ताको लापरबाहीका कारण ३५ सयभन्दा बढी मुल्य  पर्ने डस्टविन रातारात खरानीमा परिणत हुने गरेका हुन् । शनिवार रातिमात्र दरबारमार्ग, गौशाला र पुतलीसडकबाट तीनओटा डस्टविन जलेका छन् ।

'यो कतिसम्मको मुख्याई हो ?' आधा भाग जलेको डस्टविन देखाउँदै महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रष्ठले भने 'होटल/रेस्टुरेन्टवाट निस्केको कोइला सिधै प्लाष्टिकका डस्टविनमा फाल्दला यस्तो भएको हो ।' उनले आइतवार विहान फोहोर उठाउन जाँदा सो क्षेत्रबाट जलेको डस्टविन फेला पारेको बताए ।' कर्मचारी फोहोर उठाउन पुग्दा यी डस्टविन फेला परेका हुन्' उनले भने 'जलेको डस्टविन फेला परेपछि जनतालाई देखाउनकै लागि यहाँ ल्याएका हौ ।' यसअघि पनि विभिन्न स्थानका डस्टविन जलेको पाइएको थियो । बौद्ध, कलंकी र सिनामंगलमा एक/एक र रत्नपार्कमा दुइ डस्टविन जलिसकेको नगरप्रहरी निरीक्षक जनार्दन अधिकारीले बताए । 'जाडोका कारण पनि डस्टविन जल्ने गरेका छन्' उनले भने 'यसमध्ये कतिपय त जाडोमा डस्टविनका कागज र प्लास्टिक बाल्दा डस्टविन नै जलेका हुन् ।' श्रेष्ठले  होटल तथा रेस्टुरेन्टका कामदारले विचारै नगरी डस्टविनमा कोइला फाल्नेर चुरोट तान्नेले पनि आगो ननिभाईकन चुरोट डस्टविनजमा फाल्दा जलेको हुन सक्ने अनुमान लगाए । 'हुन त डस्टविन सुरक्षा र प्रयोगबारे बारम्बार भन्दै आएका छौ' उनले भने 'तर हरेक विषयमा लापरबाही हुन्छ । यो त्यसैको परिणाम हो ।' यसअघि नयाँ बानेश्वर, माइतीघर र रत्नपार्कबाट ६ ओटा डस्टविन चोरीसमेत भइसकेका छन् । त्यस्तै, विर्को मात्र हराउने समस्या पनि छ । पद्यकन्या कलेज क्षेत्र, पुतलीसडक, मैतीदेवी, जमल, बानेश्वर लगायतका स्थानबाट विर्को हराएका छन् ।
'कवाडी सामान उठाउनेले विर्को लगेका हुन सक्छ' महाशाखा प्रमुख श्रेष्ठदले भने 'त्यसैले हामीले कवाडी सञ्चालकलाई पनि विर्को आए नकिन्न भनिसकेका छौं ।' महानगरपालिकाले चार हजार डस्टविनमध्ये तीन हजार उपत्यकाका विभिन्न स्थानमा राख्ने र एक हजार 'रिजर्भ' मा राख्ने योजना गरेको श्रेष्ठले बताए । उनका अनुसार महानगरले चार महिनाभित्र आवश्यक स्थानमा डस्टविन राखिसकिनेछ । हालसम्म, महानगरपालिकाले बसन्तपुर, माइटीघर, नयाँ बानेश्हृवर, रत्नपार्क, दरबारमार्ग, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सिनामंगल, एरपोर्ट लगायतका स्थानमा डस्टविन राखेको छ । हरियो रंगको डस्टविनमा दुइ सय ४० लिटर पानी र एक सय किलोग्राम फोहोर संकलन गर्न सकिनछ । चक्कावाला डस्टविनमा संकलित फोहोर महानगरले चीनले दिएको विशेष प्रकारको गाडीबाटै ओसारिरहेको छ ।
स्रोत : राजधानी दैनिक, ०६७ माघ १०, पेज नं २

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image