Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
धरानमा खानेपानीको हाहाकार Print E-mail
Posted by Administrator   
Monday, 24 January 2011

धरान : खानेपानी संस्थानले थप खानेपानी योजना सञ्चालन गर्न नसकेका कारण धरानमा सुक्खा मौसम सुरु भएलगत्तै खानेपानीको समस्या भएको छ । साविक रुपम वितरण हुँदै आएको पानीमा सुक्खा मौसम सुरु भएयता पानीको मात्रामा कमी आएकाले समस्या भएयता पानीको मात्रामा कमी आएकाले समस्या भएको खानेपानी संस्थान धरानले जनाएको छ ।

संस्थानले गरेको खानेपानी वितरणमा कटौती गरेसँगै धरानमा खानेपानीको हाहाकार सुरु भएको छ । धरान ११ का रमेश र्राईले संस्थानको गैरजिम्मेवारीका कारण माघ महिनादेखि नै धरानमा खानेपानी पानीकवो हाहाकार भएको आरोप लगाए । उनले संस्थानको गैरजिम्मेवारीप्रति आक्रोश समेत व्यक्त गरेका छन् । अहिलेदेखि नै समस्या आएपछि चैत बैशाखको खडेरीको समयमा धरानमा बस्न नसकिने अवस्था आउन सक्ने भन्दै उनले चिन्तासमेत व्यक्त गरेका छन् । धरान १५ कुमार श्रेष्ठले संस्थानले गैरजिम्मेवारी ढंगले सुक्खा मौसम सुरु हुनेवित्तकै पानीमा समस्या आएको भन्दै सम्पतिसमेत जनाएका छन् । विस्कुट कम्पनीसमेत सञ्चालन गर्दै आएका श्रेष्ठका अनुसार उनलाई दैनिक दुइ सयदेखि तीन सय लिटर पानी आवश्यक पर्छ तर उनको घरमा कहिलेकाँही मात्र पानी गरेको छ । चैत्र बैशाखको समयमा पानी अभावमा कम्पनीसमेत बन्द गर्नुपर्ने अवस्था आउने उनको भनाई छ । आय आर्जनको नाममा रहेको एक मात्र व्यवसाय नै बन्द गर्ने अवस्था आएकामा उनलाई परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको उनले बताए । वर्से सुक्खा मौसम सुरु हुनासाथ खानेपानीका समस्या बारम्बार दोहोरिँदासमेत संस्थानले कुनै प्रयास नगर्नु उपभोक्ताप्रतिको वेवास्ता भएको धरान १९ का शमसेर गुरुङले बताए । बारम्बार एउटै समस्या आइरहँदा त त्यसको समस्या समाधानका लागि पहल हुनुपर्नेमा उल्टै सम्बन्धित निकाय कानमा तेल हालेर बसेको उनको आरोप रहेको छ ।
स्रोत : राजधानी दैनिक, ०६७ माघ १०, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image