Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
एक महिनाभित्र बीस लाख लिटर पानी थपिने Print E-mail
Posted by Administrator   
Tuesday, 25 January 2011

काठमाडौ : उपत्यकामा यही माघ महिनाभित्र बीस लाख लिटर पानी थपिने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले दुईवटा ट्युबेलमार्फत् यस्तो व्यवस्था गर्न लागेको हो । त्यसका लागि उपत्यकाका महांकाल चौर र विष्णुमती दोभानमा भूमिगत पानी ट्युबेलमार्फत निकाल्ने तयारी थालेको छ ।

आयोजनाका उपनिर्देशक घनश्याम भट्टराईका अनुसार यसबाट दैनिक बीस लाख लिटर पानी उपत्यकाको खानेपानी आपूर्तिमा थपिनेछ । बढ्दो पानी आवश्यकतालाई हेरेर तत्काल दुईटा ट्युबेल सञ्चालन गर्न लागिएको उनले बताए । उक्त पानी प्रसारण लाइनसम्म पुर्याउने काम यो महिनाभित्र पूरा गरिनेछ । प्रतिट्युबेलबाट दैनिक १० लाख लिटरका दरले पानी निकालिने छ । भट्टराईका अनुसार अन्य तीनवटा ट्युबेलको उत्खननकार्य भइरहेको छ । ती ट्युबेलबाट पनि छ महिनाभित्र पानी निकालिने उनले बताए । हाल उपत्यकामा दैनिक बत्तीस करोड लिटर पानीको माग छ । उपत्यका खानेपानीले बाह्र करोड लिटर पानीको आपूर्ति गर्छ । 'बीस करोड लिटर पानी दैनिक आयोजनाले थप गरेमा उपभोक्तालाई केही राहत मिल्नेछ,' भट्टराईले भने ।
पिउन योग्य पानी सबै ठाउँमा नभेटिने भएकाले उपत्यकाका विभिन्न ठाउँमा त्यसको प्रारम्भिक परीक्षण भइरहेको उनले बताए । 'उपत्यकाका सबै ठाउँमा पिउनयोग्य पानी छैन,' उनले भने, गुणस्तरीय पानीका लागि दुईदेखि तीन सय मिटर जमिनको गहिराइमा उत्खनन गर्नुपर्ने हुन्छ, कुनै ठाउँमा त खर्चमात्र हुन्छ ।' उपत्यका खानेपानीका प्रवक्ता सुरेशप्रसाद आचार्यले उपत्यकामा दैनिक पानीको माग बढिरहेका बेला बीस लाख लिटर पानी थप भएमा उपभोक्तालाई केही राहत मिल्ने बताए । 'चालीस लाख जनताका लागि दैनिक बत्तीस करोड लिटर पानीको माग भइरहेको छ,' उनले भने, 'यसले पानीको हाहाकार भइरहेका बेला उपभोक्तालाई राहत मिल्नेमा हामी पानी पनि केही  आशावादी भएका छौं ।' पानी उत्खनन कार्य सम्पन्न गरिसकेपछि पानीको गुणस्तर मापन गरेरमात्र उपभोक्तालाई वितरण गरिनेछ । दुवै स्थानको पानी परीक्षणमा खानयोग्य देखिएको भट्टराईले बताए । उपत्यकाको पानी अभाव टार्न थप १८ वटा भूमिगत पानी उत्खनन केन्द्र सञ्चालन गर्न लागिएको उनले जनाए । अहिले राजधानीमा साना तथा ठूला गरेर ६० वटा ट्युबेल सञ्चालित छन् । तीमध्ये करिब ४० वटा चालू अवस्थामा छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थाका कार्यकारी निर्देशक हरि ढकालले मेलम्ची आयोजना सम्पन्नअघि उपत्यकामा पानीको विकल्प ट्युबेल भएको बताए । 'जनसंख्या वृद्धि तथा नयाँ बस्ती विकासका कारण उपत्यकामा दैनिक पानीको माग बढिरहेको छ,' उनले भने, 'मेलम्ची अघिको विकल्प हामीसँग ट्युबेलबाहेक अरू केही छैन ।'  एउटा ट्युबेल निर्माण गर्न बीसदेखि तीस लाख रुपैयाँ लाग्ने गर्छ ।
स्रोत : कान्तिपुर दैनिक, ०६७ माघ ११, पेज नं ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image