Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
धारा छोएकोमा दलित कुटिए Print E-mail
Posted by Administrator   
Thursday, 27 January 2011

नुवाकोट : सार्वजनिक धारोमा पानी भर्न गएकी एक महिलालाई पानी छोएको भन्दै उपल्लो जातका एक पुरुषले मरणासन्न हुनेगरी कुटेका छन् । नुवाकोट जिल्लाको खडगभञ्याङ ८ आलमडाँडाका १८ वर्षिया सुनिता विश्वकर्मालाई पानी छोएको भन्दै स्थानीय हरि अधिकारीले कुटपिट गरेका हुन् ।

आज विहान पानी भर्नका लागि गाउँकै सार्वजनिक धारोमा सुनिता विश्वकर्मा गएका थिए । धारोमा पानी भरिरहेका स्थानीय चखिनी अधिकारीले उनलाई धारो छोएको भन्दै लछारपछार गरेका थिए । पानी थाप्ने विषयमा प्रतिवाद भइरहँदा विश्वकर्मा माथि अधिकारीका परिवार मिलेर कुटपिट गरेको बताइएको छ ।
कुटपिटबाट घाइते भएकी सुनितालाई ज्वरो आएको र घरमा नै उपचार भइरहेको आफन्तले बताएका छन् । धारो छोइयो भनेर कुटपिट गरे, विकका आफन्तले भने कुटपिटबाट सुनितालाई ज्वरो आएको छ । उनीहरुका अनुसार कुटपिटमा संलग्न हरि अधिकारी भने गाउँबाट भागेका छन् । पीडित परिवारले प्रहरीमा उजुरी गर्ने र न्यायका लागि सम्पूर्ण मानव अधिकारकर्मीलाई सहयोग गरिदिन आग्रह गरेका छन् । खडगभञ्याङ गाविसको उक्त गाउँका अधिकाँश दलित वस्ती रहेका छन् । खानेपानीको समस्या रहेको उक्त गाउँमा सार्वजनिक रुपमा रहेको एउटै धारोबाट स्थानीयले पानीको अभाव टार्दै आएका छन् ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ माघ १३, पेज नं. १०

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image