Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
चिरिच्याट्ट बन्यो भक्तपुर Print E-mail
Posted by Administrator   
Thursday, 27 January 2011

भक्तपुर : धेरैलाई लाग्न सक्छ, दैनिक हजारांैले अवलोकन गर्ने ऐतिहासिक भक्तपुरका सडक कसरी सफाचट भएका होलान् ? इँटा बिछ्याएका सडक सफा राख्न बिहानदेखि साँझसम्म खटिने भक्तपुर नगरपालिकाका कर्मचारी त्यसका कारण हुन् । नगर सफाइमा दैनिक खटिने एक सय ९० कर्मचारी भक्तपुर सफा राख्न कुदिरहेका हुन्छन् । त्यसमध्येकै हुन नवीना पोडे । उनी बिहान सात बज्न नपाई दैनिक दरबार क्षेत्रमा सफाइ गर्न पुग्छिन् । घरमा जस्तै दरबारको खुला सबै ठाउँमा कुचो लगाउँछिन् । त्यसपछि फोहोर टिपनटापन गर्नु उनको दैनिकी हो ।

 दरबार घुम्न आएकाले फ्याँकेका प्लास्टिक र फलफूलका बोक्रा खस्न नपाई उनी हातमा कुचो, हरियो बाल्टिन र फोहोर उठाउने लिएर जान्छिन् । 'फोहोर खस्नेबित्तिकै टिप्ने हाम्रो काम हो,' उनले भनिन्, 'फोहोर टिप्ने मात्रै होइन, बिहान एकपटक कुचो लगाउनुपर्छ ।' उनी जस्तै ४७ जना टिपनटापन पदका कर्मचारी छन् । नगरको मुख्य सडक, सम्पदा क्षेत्र र चोकहरूमा टिपनटापन कार्य हुने गरेको नगरपालिकाको स्यानिटेसन शाखाका प्रमुख दिलीपकुमार सुवालले बताए । उनका अनुसार नगर सफा राख्न मुख्य सडकमा दैनिक तीन पटक र अन्य सडकमा दुईपटक सफा गरेर निश्चित ठाउँमा मात्र फोहोर संकलन गर्छन् । त्यसका लागि ड्राइभर १३, हेल्पर २०, सफाइ मजदुर ६२, टिपनटापन मजदुर ४७, टोल-टोलमा ठेक्का लिने ५७ जना छन् ।
नगरको सबैजसो ठाउँमा दैनिक दुईपटक सफाइ गर्ने गरेको शाखाको दाबी छ । दिलीपले भने, 'दरबार क्षेत्र, पाँचतले मन्दिर र दत्तात्रय मन्दिर वरिपरि झाडु लगाएर पनि कुचो लगाउँछौं ।' प्रहरी परिसरदेखि व्यासी बसपार्कसम्म पनि कुचो लगाउन भर्खरै सुरु गरेको उनले बताए । टिपनटापन मजदुरलाई मोबाइल टोलीका रूपमा २०५४ देखि नै सुरु गरेको पूर्वमेयर प्रेम सुवालले बताए । सफाइ अभियान, चोटा बैठक, नाटक प्रदर्शन, प्रौढ कक्षा, सरसफाइ कार्यक्रममा सहर सफाइ गर्नुपर्ने जनचेतना सहभागिताले नगर सफा भएको उनले बताए । 'मोबाइल टोलीले सडकमा फोहर खस्नेबित्तिकै टिप्छन्,' उनले भने । ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ४ बजेसम्म फोहोर संकलन गर्न गाडी पुग्छन् । सडकमा खटिएका कर्मचारीले काम गरे- नगरेको निरीक्षण गर्न दुईजना निरीक्षकको व्यवस्था गरिएको छ । नगरको भित्री भागमा सफा भए पनि नयाँ बस्ती बसेको ठाउँमा, शिक्षा कार्यालयतर्फ, कमलविनायक, च्यामासिंह, जगाती, राममन्दिर, ब्रह्मायणी लगायतका स्थानमा भने सफा गर्न सकिएको छैन । यस्ता ठाउँमा पनि केही दिनदेखि नियमित रूपमा विगतको भन्दा बढी सफाइ गर्ने योजना रहेको दिलीपले बताए । नगरको सडक कतै पनि पिच गरिएको छैन । सबै ठाउँमा इँटा बिछ्याइएको छ । नगरपालिकाले इँटा छाप्ने काममा जोड दिंदै आएको उनले बताए ।
ल्यान्डफिल्ड साइडको अभाव, प्लास्टिकजन्य फोहरमैलाको अत्यधिक वृद्धि, नगर सफा गरेपछि पनि नगरवासीले पुन: घर, पसलको फोहोर बाटोमा पmयाँक्ने गरेको, नगर प्रवेश नाकाहरूको खोलामा जथाभावी फोहोरमैला फ्याँक्ने गरेकाले समस्या थपिंदै गएको उनले बताए । सफाइ बजेट ६ करोड १४ लाख भक्तपुर नगरपालिकाले सफाइ गर्न गत वर्षको भन्दा चालू आर्थिक वर्षमा बजेट बढाएको छ । गत वर्ष नगर सफाइ शीर्षकमा चार करोड ७९ लाख ९९ हजार ५ सय ३१ रुपैयाँ खर्च भएकामा चालू आर्थिक वर्षमा ६ करोड १४ लाख रुपैयाँ अनुमानित बजेट छुट्याएको छ । गत वर्षको कुल बजेटको १८ दशमलव ७८ प्रतिशत खर्च भएको थियो भने यस वर्ष २३ दशमलव ४३ प्रतिशत बजेट विनियोजन गरेको छ ।
स्रोत : कान्तिपुर दैनिक, ०६७ माघ १३, पेज नं ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image