Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
ट्वाइलेट खोज्दै टुरिजम बोर्ड Print E-mail
Posted by Administrator   
Friday, 28 January 2011

बिहिबार बिहान पुतलीसडकमा हिँड्दाहिँड्दै दिसाले च्याप्यो । कहाँ जाने - जुन कामको लागि हिँडेको हो त्यसका लागि डेढ घन्टा कुर्नुपर्ने भयो । त्यसैले शौचालय खोज्न हिँडेँ । राजधानीमा सार्वजनिक शौचालय भएन भनेर जनताले गुहारेको धेरै भइसक्यो । पत्रपत्रिकामा लेखिएको पनि धेरै भयो । नागरिकमै परराष्ट्र मन्त्रालयको भित्तामा एकजना महानुभावले पिसाब गरेको फोटो छापिएको थियो । तर के गर्नु, सार्वजनिक शौचालय बनेका छैनन् ।

कुनै पसलमा चिया खाने बहानामा ट्वाइलेट जाउँ भन्ने लागेर पसेँ । चिया मगाएँ । अनि ट्वाइलेट सोधेँ । चिया त आइपुग्यो तर त्यहाँ त ट्वाइलेटै रहेनछ । हतार-हतार आर आर क्याम्पसतिर हानिन लागेको थिएँ । सोचेँ सट ट्वाइलेटका लागि त क्याम्पसमा जता फर्के पनि भो, लङ त गाह्रो कुरो हो । ट्वाइलेटको राम्रो व्यवस्था भएको सरकारी क्याम्पस मैले आजसम्म देखेकै छैन । समय थियो, मेरो पालो हिँड्दा हिँड्दै महेन्द्र पुलिस क्लब पुगेँ । अब पुलिस क्लबमा, स्विमिङ पुल छ । पक्कै पनि राम्रो ट्वाइलेटमा होला भनेर छिरेँ । त्यहाँ त ट्वाइलेटमा न चुकुल रहेछ, न पानी नै । फोहोर त्यस्तै । भित्र पस्न त के देख्दा पनि बार्न्र्तै आउलाजस्तो । शोचालय फोहोर त छँदै थियो, बियरको बोतल पनि छाडिएको रहेछ । त्यसपछि अगाडि टुरिजम बोर्डको साइनबोर्ड देखियो । पर्यटक वर्ष २०११ को मालाले झकिझकाउ । यहाँ त राम्रो व्यवस्था होला । सोचे, काम गर्ने केही मान्छे चिनेको पनि छु । उनीहरूकै नाम लिएर बडो मज्जाले बिर्सजन गर्नुपर्ला । तर, बिहान बिहानै कहाँ आएको भनी सोधे भने के भन्ने हो ? बडो डरमर्दो स्थितिमा भित्र गएँ । ए कहाँ पस्न लाग्या ? गेटबाट भित्र पसेर ट्वाइलेट खोज्दै थिएँ, गार्डको गर्जन सुनियो । मानौँ म रातको बेलामा कसैको घरको रेलिङ चढदैछु । मैले त्यहाँ कार्यरत सरको नाम लिएर उहाँ त १० बजेमात्र आउनु होला हैन, त्यसै पसेको भनेँ । पर्यटक मन्त्रालयको गार्डको व्यवहारबारे मैले पहिला पनि धेरै सुनेको छु मान्छे बडो खस्रो छ भन्ने ।  गार्डको व्यवहार भने सोच्नैपर्ने भएको छ । तैपनि, आपतमा परेर छिरेको मान्छे झगडा गर्नु पनि भएन । म ट्वाइलेट खोज्दै छिरेको बडो नम्र भएर भनेँ । 'ए सोझो कुरो गरे हुन्थ्यो ? म त कडा पो छु, दाहिने हाततिर ट्वाइलेट देखाउदै उनी अझै चर्के । भैगो । आफूले खोजेको भेटियो के निहुँ खोज्नु । 'रेस्ट रुम' लेखेको ट्वाइलेटभित्र पसेँ । फुटेको जगसँगै पानी पनि रहेछ । बेसिनको धारासारा भाँचेर लगेछन् । सानो फलामको छेस्किनीको भरमा भित्र बस्नुपर्ने । खुसीको कुरो त मेरो लक्ष्य बल्ल पूरा भएको थियो । त्यो आपतको खुसी कस्तो हुन्छ भन्न नपर्ला । तर, त्यो खुसीभन्दा पनि पर्यटक बोर्ड भित्रको ट्वाइलेटको गतिले धेरै दुःखी बनायो । त्यहीं पर्यटक प्रहरी, विभिन्न काम लिएर आउने पर्यटक को आवतजावत हुन्छ । सबै अस्तव्यस्त फोहोरी ट्वाइलेटले पर्यटन बोर्डको खिल्ली नउडाओस् ।
- रमेश शर्मा, काठमाडौ
स्रोत : नागरिक दैनिक, ०६७ माघ १४ गते पेज ७

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image