Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
दैनिक ५० लाख लिटर पानी थप्ने तयारी Print E-mail
Posted by Administrator   
Friday, 28 January 2011

काठमाडौं : उपत्यकामा दैनिक थप ५० लाख लिटर पानी आपूर्ति गर्न विभिन्न पाँच ठाउँमा ट्युबवेल जडान कार्य सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) योजना कार्यान्वयन निर्देशनालयका अनुसार उपत्यकामा खानेपानीको अभावलाई ध्यानमा राखी ती ठाउँमा ट्युबवेल जडान गर्ने कार्य सुरु गरिएको हो ।

केयूकेएल योजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक घनश्याम भट्टर्राईका अनुसार बौद्ध महाङ्काल चौर, बालाजु नयाँ बसपार्क महादेवखोला दोभान, भक्तपुरको झौँखेल, गोगबुको नयाँ टाउनप्लानिङ क्षेत्र र बालाजुको मनमैँजु गाविसस्थित साङ्लेखोलामा ट्युबवेल राख्ने कार्य सुरु भएको छ । बौद्ध महाङ्काल चौर र बालाजु नयाँ बसपार्क नजिकैको महादेवखोला दोभानमा ट्युबवेल जडानकार्य झन्डै पूरा भइसकेको छ भने अन्य ठाँउमा भर्खर सुरु गरिएको छ । उहाँले बौद्ध महाङ्काल चौर र बालाजु नयाँ बसपार्क नजिकैको महादेवखोला दोभानमा राखिएका ट्युबवेलबाट पानी निकाल्ने कार्य सुरु भएको बताउँदै त्यसलाई छिट्टै वितरण प्रणालीमा ल्याइने जानकारी दिनुभयो । केयूकेएल योजना कार्यान्वयन निर्देशनालयका अनुसार बौद्धको महाङ्कालचौर र महादेवखोला दोभान विष्णुमती किनारामा जडान भइसकेका ट्युबवेलबाट दैनिक २० लाख लिटर पानी आपूर्ति हुने अनुमान गरिएको छ भने थप तीन ठाउँ भक्तपुरको झौँखेल गोँगबुको टाउन प्लानिङ क्षेत्र बलाजु मनमैजु गाविसस्थित साङ्लेखोलामा ट्युबवेल गाडेपछि दैनिक करिब थप ३० लाख लिटर गरी थप ५० लाख लिटर पानी आपूर्ति हुने अनुमान गरिएको छ । यी पाँचै ठाउँमा ट्युबवेल जडान कार्य सम्पन्न गरेर त्यहाँबाट निस्केको पानी रिजर्भ्वायरमा पठाउनका लागि तीन करोड ३८ लाख रुपियाँ लाग्ने अनुमान गरिएको सो निर्देशनालयले जनाएको छ । मेलम्चीको पानी नआउँदासम्मका लागि उपत्यकाको बढ्दो पानीको माग केही हदसम्म पूरा गर्ने उद्देश्यसहित केयूकेएलले पानीको स्रोत भएका ठाउँहरूमा ट्युबवेल जडान गरेर भूमिगत पानी निकाल्न लागेको केयूकेएलका प्रवक्ता सुरेन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा पानीको समस्या क मगर्न केयूकेएलले सतहस्रोतबाट दैनिक ६ देखि १० करोड लिटर पानी आपूर्ति गर्दै आएको छ । राजधानीका विभिन्न २२ ठाउँमा पानीका सतहस्रोत छन् । उपत्यकामा ७५ ठाउँमा ट्यूबवेल जडान भएका छन् । भने ११ वटा ठाउँमा रिजर्भ्वायर राखिएका छन् । भूमिगत स्रोतबाट निकालिएको पानीको भने केयूकेएलसँग तथ्याङ्क नै छैन । केयूकेएलको पछिल्लो तथ्याङ्अनुसार उपत्यकामा देनिक ३२ करोड लिटर पानीको माग रहेको छ । सुक्खा मौसममा दैनिक १० करोड लिटर मात्र पानी आपूर्ति हुने गरेको छ । त्यसले उपत्यकामा खानेपानीको मागको २५ प्रतिशत मात्र आपूर्ति गर्न सकेको केयूकेएलले जनाएको छ ।
स्रोत : गोरखापत्र ०६७ माघ १४ गते पेज ३

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image