Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
छुवाछूतको लाजमर्दो अवस्था Print E-mail
Posted by Administrator   
Saturday, 29 January 2011

खानेपानीको धारासमेत ब्राहृमण क्षेत्रीको कब्जामा
नुवाकोट : आजको युगमा पनि छोइछिटोको विषयमा समाजमा कस्तो चेतना रहेको छ भन्ने लाजमर्दो उदाहरण जिल्ला सदरमुकाम विदुरसँगै जोडिएको एक गाउँमा देखापरेको छ । खड्गभञ्याङ गाविसको एउटा सार्वजनिक धारोमा पानी भर्न गएकी एक दलित समुदायाका महिलालाई पानी छोएको भन्दै उपल्लो जात बाहुन समुदायले कुटपिट मात्र गरेका छैनन् गाउँभरिकै खानेपानीका धारासमेत कब्जा गरेका छन् ।

खड्गभञ्याङ गाविस ८ अलामडाँडामा रहेको सार्वजनिक धारामा दलित जातिलाई पानी भर्न निषेध गरिएको छ । पानी छोइयो भनेर हामीलाई बाहुन क्षेत्रीले धारोबाट कुटपिट गरेर लखेट्छन् । आलमडाँडाका सान्नानी विश्वकर्मा भन्नुहुन्छ, गाउँमा रहेको आठवटा धारोमा नै हामीलाई प्रवेश छैन । उहाँका अनुसार त्यस गाउँमा बसोबास गर्ने ६५ घरधुरीका विश्वकर्मा र नेपाली थरका सर्वसाधारणलाई बाहुन क्षेत्रीले पानी छोइन्छ भन्दै धारा वरिपरि आउन रोक लगाएका छन् । हाम्रो गाउँमा २० घर बाहुन क्षेत्री छन् । उहाँ भन्नुहुन्छ, पानी भर्न गइयो भने कुटाइ खानुपर्छ । त्यस गाउँमा प्रत्येक आठ घर बराबर एउटा पानीको धारा भएता पनि सबै पानीको धारा बाहुन क्षेत्रीको कब्जामा रहने गरेको छ । बिहान ५ बजेबाट ८ः३० बजेसम्म धारामा पानी आउँछ, कतिखेर ठूला जातिले धारो छाड्लान् र जाउँला जस्तो भएर बारीको डिलमा बसिरहनुपर्छ, स्थानीय प्याउली विश्वकर्माले पीडा सुनाउँदै भन्नुभयो । हाम्रो गाउँका विक र नेपालीले कहिल्यै पनि धित मर्ने गरी धारामा पानी थाप्न पाएका छैनन् उहाँ भन्नुहुन्छ । पानी भर्नका लागि हतार गर्ने र प्रतिवाद गर्न खोज्नेमाथि कुटपिट हुने गरेको उनीहरुको भनाई रहेको छ । उनीहरुले भने जस्तै बुधवार त्यस गाउँमा धारे छोइयो भन्दै एक दलित युवतीमाथि बाहुन समुदायले निर्मम कुटपिट समेत गरेको छ । आलमडाँडाकी १८ वर्षीय सुनिता विश्वकर्मालाई पानी छोएको भन्दै स्थानीय हरि अधिकारी, अर्जुन अधिकारी लगायतले कुटपिट गरेका हुन् । यो चौथो पटकको घटना हो पीडित सुनिता विश्वकर्मा भन्नुहुन्छ यसपटक चाहिँ मरणासन्न हुनेगरी कुटे उनीहरुले । पानी भर्न जाँदा पानी फ्याँक्ने कपाल भुत्लाउने जस्ता दुव्यवहार भने दिनहुँ सवैलाई हुने गरेको स्थानीय अमल सुनुवारको भनाई रहेको छ । अब त अति भइसकेको छ । पानी थापेको भाँडो पनि फ्याँक्ने गरेका छन् । कसैको घरको गाग्री पनि सध्ये छैन सुनुवार भन्नुहुन्छ ।
बुधबार भएको कुटपिटबाट घाइते भएकी सुनीता उपचार र न्यायको खोजीमा सदरमुकाम विदुर आइपुगेका छन् । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी समेत दिएका छन् । उनीहरुले आफूलाई सम्मानजनक व्यवहार हुनुपर्ने र पानीको धारामा बरोबरी अधिकार कायम हुनुपर्ने माग गरेका छन् । कुटपिटबाट सुनिताको शरीरमा चोटपटक रहेको प्रहरीले बताएको छ । कुटपिटपछि बिरामी परेका उहाँले न्याय माग्नकै लागि सदरमुकाम झरेको बताउनु भएको छ । खडगमञ्याङ गाविसमा यसरी छुवाछुत र जातभात जस्ता कुरालाई लिएर दलितमाथि दुव्यबहार र यातना हुने गरका छन् । यसअघि पनि दलित पसेको भन्दै घर चोख्याउन एक व्यक्तिले घरमा पुजा र होम लगाएका थिए । केही महिनाअघि एक दलित बालक घरभित्र पसेपछि घर चोख्याउन खडगभञ्ज्याङ ४ छापथोकका एक ब्राम्हण परिवारले पण्डित घरमा डाकेर रुद्री पाठ, सत्यनारायणको पुजा र होम गरेका थिए । ठाकुर पौडेलले घरमा आठजना पण्डित डाकेर घरलाई शुद्ध बनाएका हुन् । घरलाई शुद्ध बनाउने क्रममा रुद्री गरेको पानी घरको धुरीबाट खन्याइएको थियो । घर शुद्ध पारेको दिन पौडेलले गाउँका उपल्लो जातका सवैलाई घरमा डाकेर भोजभतेरको समेत आयोजना गरेका थिए । छिमेकी प्रेमबहादुर मिजारको १० वर्षीय छोरी निरोज दही खान पौडेलको घरमा पसेपछि बालमाथि निर्घातकुटपिट समेत भएको थियो । सानो जात भएर ठूलाको घरमा पसेको र घर अपवित्र बनाएको भन्दै पौडेलले बालकलाई कुटपिट गरेको प्रेमबहादुर मिजारको भनाई रहेको छ । नुवाकोट सदरमुकाम विदुरबाट ११ किलोमिटरको मोटरवाटोको दुरीमा खडगभञ्ज्याङ गाविस रहेको छ ।
स्रोत : गोरखापत्र दैनिक, ०६७ माघ १५, पेज नं. १२

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2020 NGO Forum - Nepal
powered by nepalonline.
No Image