|
बहुसङ्ख्यक दक्षिण एसियाली जनता शुद्ध खानेपानी र सरसफाइबाट वञ्चित |
|
|
|
Posted by Administrator
|
|
Monday, 04 April 2011 |
|
कोलम्बो : दक्षिण एसियाली जनता शुद्ध खानेपानी र सरसफाइको प्राप्तिबाट टाढैरहेको पाइएको अनुसन्धानबाट खुलेको छ । दक्षिण एसियाली देशका यस क्षेत्रका विज्ञका अनुसार यहाँका जनतामा खानेपानी र सरसफाइको प्राप्तिबाट निकै नै पछि परेका छन् । र यसको निकै ठूलो खाँचो उनीहरूले महसुस गरेका छन् ।
दक्षिण एसियाली राष्ट्रका यस क्षेत्रका विज्ञ चौथो दक्षिण एसियाली सरसफाइ सम्मेलनका लागि श्रीलङ्काको राजधानी कोलम्बोमा जम्मा भएका बखत यो समाचार आइतबार सार्वजनिक सुरु हुने सो सम्मेलन आगामी बिहीबारसम्म सञ्चालन हुने बताइएको छ । सो प्रतिवेदन अनुसार दक्षिण एसियाका करिब एक अर्ब नागरिकमध्ये करिब ६४ प्रतिशतले आवश्वयक मात्रामा सरसफाइको मात्रा प्राप्त गर्न सकिरहेका छैनन् । यसरी आवश्यक मात्रामा सरसफाइको मात्रा पाउन नसकेकाले नै कम्तीमा पनि २८ लाख पाँच वर्षमुनिका बालबालिकाले कडा खालको स्वास्थ्य समस्यामा परिरहेको पनि पाइएको छ । सन् २००३ मा भएको सरसफाइ तथा खानेपानीसम्बन्धी पहिलो एसियाली सम्मेलनले आगामी सन् २०१५ सम्ममा सहस्राब्दी विकास लक्ष्य पूरा गर्नका लागि सो समयको अवस्थाबाट कम्तीमा ५० प्रतिशतसम्म अवस्थाको सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्रोत : गोरखापत्र ०६७ चैत २१ गते पेज ११ |