|
शौचालयका लागि पाँच करोड अनुदान |
|
|
|
Posted by Administrator
|
|
Thursday, 07 April 2011 |
|
पर्वत : व्यवस्थित शौचालय नहुँदा सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु डाँडापाखामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पर्वतमा विद्यालयहरुमा शौचालय निर्माणको लागि ५ करोड अनुदान दिइने भएको छ ।
शिक्षा मन्त्रालयमार्फत जिल्ला शिक्षा कार्यालयमा आएको अनुदान रकम स्वरुप विद्यायहरुलाई शौचालय निर्माणका लागि सहयोग गरिने भएको हो । जिल्ला शिक्षा कार्यालयले गुणस्तरीय शिक्षाका लागि सरसफाई र स्वास्थ्यलाई उच्च प्राथमिक्तामा राखेर जिल्लामा आएको ५ करोड रुपियाँ अनुदानबाट १ सयभन्दा बढी विद्यालयमा शौचालय निर्माणका लागि रकम वितरण गरेको हो । जिल्लाका ५८ वटा विद्यालयहरुमा सामान्य शौचालय निर्माण कार्यक्रम र ६६ वटा विद्यालयमा छात्रा शौचालय निर्माण गर्न अनुदान रकम प्रदान गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । छात्र तथा छात्रा शौचालय निर्माणका लागि हरेक विद्यालयमा २ लाख रुपियाँ दिइने निमित्त जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले बताए । शौचालय निर्माण कार्यसँगै खानेपानी पनि व्यवस्था गरिने वाग्लेले जानकारी दिए । स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६७ चैत्र २४, पेज नं. ८ |