Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
तिन लाख लिटरको नयाँ टयाँकी Print E-mail
Posted by Administrator   
Friday, 08 April 2011

भक्तपुर : कटुन्जे घट्टखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले खानेपानी सञ्चयका लागि तीन लाख लिटर क्षमताको नयाँ टयाँकी कटुन्जे १ मा जडान गरेकवो छ । यसले खानेपानीको माग पूरा गराउन सहयोग पुग्ने समितिले जनाएको छ । अहिले १ हजार ३ सय ५० घरधुरी लाभान्वित भएका छन भने नयाँ टयाँकी सञ्चालनपछि थप सात सय घरधुरीलाई सुविधा पुग्ने समितिका अध्यक्ष निसान ढुङ्गेलले बताए ।

समितिको आठौ साधारणसभाको उपलक्ष्यमा नयाँ बनेको टयाँकीको खानेपानी तथा ढल निकास विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले शनिबार उदघाटन गरेका छन् । तीनवटा डिप बोरिङले पानी निकाल्ने र टयाँकीमा सञ्चय गरिनेछ । आठ इन्च गोलाइको बोरिङबाट प्रतिसेकेन्ड ३० लिटर पानी उत्पादन हुन्छ । बोरिङ निर्माणका लागि १५ लाख रुपैयाँ बराबरको जग्गा दान दिने काठमाडौ बानेश्वरकी गीता खरेल र मध्यपुर ठिमीका शन्तवीर कसुलेलाई उदघाटन कार्यक्रममा सम्मान गरिएको थियो । त्वायना टोलमा गरिएको डिप बोरिङको पानी नयाँ टयाँकीमा खसाल्न एक हजार पाँच सय मिटर पाइपमध्ये एक हजार दुइ सय ४२ मिटर जीआई पाइप खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भक्तपुरले सहयोग गरेको ढुङ्गेलले जानकारी दिए । लोडसेडिङले लिफ्टीङ प्रणालीमा समस्या पारेको उनले बताए । समितिले यस्ता समस्या समाधान गर्न जेनेरेटरको व्यवस्था गर्ने भएको छ । कम्प्युटर विलिङ सिस्टमको व्यवस्था गर्ने भएको छ ।
स्रोत : कान्तिपुर दैनिक, ०६७ चैत्र २५, पेज नं. ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2013 NGO Forum - Nepal
powered by nepalonline.
No Image