Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
बाल्टिनमा सौच Print E-mail
Posted by Administrator   
Wednesday, 13 April 2011

रोल्पा : घाम डुब्न सुरु भएपछि बन्दीहरू शौचालय जान हतारिन्छन् । उनीहरू आलोपालो गरेर पस्छन् । रात परेपछि शौचालय जान नपाइने भएकाले पेट दुखेमा बाल्टिनमा दिसा, पिसाब गर्नुपर्ने बाध्यता बन्दीहरूको छ । रातमा प्रहरीले हरेक कोठामा ताला लगाउने गरेकाले बन्दीहरू बाल्टिनमा दिसा, पिसाब गर्न बाध्य भएका हुन् ।

गर्मी बढ्दै गएकाले बन्दीहरू थप समस्यामा परेका छन् । उडुस् जुम्रा पनि निकै बढेको छ । औषधि र्छकदा पनि कम नभएको जलेर दिवाकर आचार्यले बताए । बढी बन्दी भएकाले समस्या छ , कारागारका जलेर आचार्यले भने, बन्दीलाई बसाउन र सुविधा दिन मुस्किल भएको छ । उनका अनुसार बन्दी गृह जस्तो हुन सकेको छैन् । घ, वर्गको रोल्पा कारागार ३५ जना क्षमताको हो । तर ५७ जना बन्दी छन् । कारागार चलान गरिएका र पुर्पक्षका लागि थुनामा राखिएकाहरूको संख्या बढ्दै गएको छ । तुलनात्मक रूपमा पुरुषभन्दा महिलालाई अलि सजिलो छ । १५ जनाको क्षमतामा ४ महिला बन्दी मात्र छन् । तर २० जना राख्ने क्षमतामा ५७ पुरुष कोचेर राख्दा निकै मुस्किल भएको जलेर आचार्यले बताए । मंसिरबाट बन्दी संख्या बढेको हो । कारागारमा साना खालका ८ कोठा छन् । पुरुषका लागि ५ छन् । भने महिलाका लागि ३ महिलाका लागि १/ १ कोठा पुग्छन् भने पुरुषका लागि त्यो सम्भव छैन् । जेलर आचार्यका अनुसार एउटा कोठामा ११ जनाभन्दा बढी राखिएको छ । सानो कोठा भएकाले बन्दीहरू निकै कोचाकोच गरी राखिएको हो । माओवादी द्धन्द्धकालमा ७ दर्जनभन्दा बढी बन्दी कोचिएको जिल्ला कारागार २०३९ सालमा निर्माण गरिएको हो । यहाँ पुरुषका लागि ३ र महिलाका लागि १ शौचालय निर्माण गरिएको छ । दिनमा काम चल्ने भए पनि रातमा शौचालयमा ताला लगाइने भएकाले कारागार शाखाले ५/ ६ बाल्टी किनेर ल्याएको हो । बन्दीहरू सुत्न कारागारभर एउटा पनि खाट छैन । सबै बन्दी चिसो भुइँमा सुत्छन् । उनीहरूले खाट माग गरे पनि सरकारले सुनेको छैन। कारागार सुविधाको माग गर्दै कतिपय बन्दीले मानव अधिकार र पत्रकारलाई आग्रह गरेपछि कारागार प्रशासनले जिल्ला प्रशासन, गृह मन्त्रालयर कारागार विभागमा पटक पटक पत्रचार गरेको जेलर आचार्यले जनाए । भर्खरै मात्र कारागारको अनुगमन गरेका पुनरावेदन अदालत तुल्सीपुरका न्यायधीश सलाहुदिन अख्तर सिद्दिकीले रोल्पा कारागारमा बन्दीले मानवीय सुविधासमेत नपाएको बताए । बन्दीलाई मानवीय व्यवहार गरिएको छैन, उनले भने, रोगी, महिला, मानसिक बिरामीलाई समेत एउटै स्थानमा राखिएको छ । कारागारका अनुसार बन्दीहरूका लागि पत्रिका, पुस्तकलगायतका अध्ययन सामाग्री पनि अभाव छ । सबैलाई टिभी हेर्ने सुविधा छैन । पत्रिका र केही सकारात्मक प्रभाव पार्ने पुस्तक भएमा बन्दीहरूका लागि फाइदा हुने आचार्यले बताए । उनका अनुसार क्रिस्चियन सस्थाले केही पुस्तक दिए पनि बन्दीहरूले मन लगाएर पढेका छ्रैनन् ।
स्रोत : कान्तिपुर दैनिक ०६७ चैत ३० गते पेज १७

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image