महादेवबेसीमा खानेपानी आयोजना |
|
|
Posted by Administrator
|
Friday, 15 April 2011 |
धादिङ : जनजागृति माध्यमिक विद्यालयमा खानेपानी आयोजना निर्माण गरिएको छ । मुलुकका ४० जिल्लाबाट आई आग्रा खोला जिल्लाबाट आई आग्रा खोला आसपास रोडा ढुंगामा काम गर्ने मजदुर तथा विद्यार्थीमा अशुद्ध पानीका कारण रोग बढ्न थालको विश्लेषणपछि रोटरी क्लब जर्मरी १८६० को सहयोग, बाल विकास समाजको आयोजना र चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिर्ड्स धादिङको व्यवस्थापनमा खानेपानी आयोजना निर्माण गरिएको हो ।
संस्थाको प्राविधिक, भौतिक सहयोग तथा स्थानियको श्रमदानबाट आयोजना निर्माण गरिएको हो । दैनिक ४४ हजार लिटर पानी उपलब्ध गराउने आयोजनाले महादेवबेसी आसपासमा ९ धारा र जनजागृति माध्यमिक विद्यालयका लागि खानेपानी उपलब्ध गराउनेछ । बाँकी रहेको खानेपानी महादेवबेसी बजारमा वितरण गरिनेछ । यसबाट प्राप्त हुने रकम आयोजनाको मर्मत सम्भार, हेरालुका लागि खर्च गरी बाँकी रहेको रकम जनजागृति मावि सञ्चालनार्थ दिइनेछ । स्रोत : अन्नपूर्ण पोष्ट ०६८ बैशाख २, पेज न ८ |