Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
संस्थानको लापरबाहीले पोखरामा खानेपानी समस्या Print E-mail
Posted by Administrator   
Saturday, 16 April 2011

पोखरा : १ बगर भीमकालीपाटनका धु्रब श्रेष्ठको घरअगाडिको सडकमा पानीको पाइप फुटेको दुइ वर्षहुन लाग्यो । उनले पटक पटक खानेपानी संस्थानलाई मर्मतका लागि अनुरोध गरे, तर सस्थान पोखरा शाखाले कुनै चासो दिएन । पाइप फुटेको दुइ वर्षपुग्ने खानेपानी संस्थानले मर्मतका लागि पहल गरेको छैन ।

पोखरा ४ गलेश्वरमार्गमा फुटेको पाइप करिब एक वर्षछि बल्ल मर्मत भयो । सडकमा फुटेको पानीको पाइप तत्कालै नटाल्दा सडकमा समेत क्षति पुगी खाल्टाखुल्टी परेको छ । खाल्टाखुल्टीका कारण केही दुर्घटनासमेत बढेको छ । स्थानिय रमा पालिखे भन्छिन् मेरो घरअगाडि पानीको पाइप फुट्यो खानेपानी संस्थानमा धेरैपटक खबर गरियो, तर एक वर्षम्म खानेपानी संस्थानले मतलबै गरेन न त सडक विभागले नै  रमा पालिखे पोखराका एक प्रतिनिधि पात्रमात्रै हुन् । संस्थानको बेवास्ताका कारण पालिखे र श्रेष्ठजस्तै पीडित बनेका धेरै छन् । संस्थानकै कारण पोखरामा खानेपानीको समस्या भएको पालिखेको दाबी छ । संस्थानले न समयमा फुटेको पाइपको मर्मत गर्छ न त उनीहरूसँग यति समयमा खानेपानी लाइन परीक्षणको समय तालिका नै छ, उनले भनिन् । संस्थान स्रोतकै अनुसार, पोखरामा हाल देनिक रूपमा फुटेका पाइपका कारण करिब २५ प्रतिशत पानी चुहावटका कारण खेर जाने गरेको छ । हिउँद सुरु हुनसाथ पोखरामा खानेपानी समस्या सुरु हुने गर्छ । हाल पोखरामा मागको आधाभन्दा कम मात्र पानी आपूर्ति हुने गरेको स्थानियवासीको दाबी छ । हिउँदको समयमा पोखरामा दैनिक डेढ करोड लिटर पानी अभाव छ । संस्थानले ठाउँ हेरी सातामा दुइ दिन पनि पानी दिन सकेको छैन । हाल भएका चुहावट खानेपानी संस्थानले नियन्त्रण गर्न सके मात्र पोखरीलाई ठूलो राहत मिल्ने पालिखेचोकका रेशमलाल श्रेष्ठले बताउँछन् । पोखरा उपमहानगरपालिकाका नगर क्षेत्रभित्र मात्रै महिनाको झन्डैं सय ठाउँमा खानेपानी लाइन फुट्ने गरेका छन् । तर, संस्थानले त्यसलाई मर्मत नगरी महिनौं बेवास्ता गरेको स्थानियको आरोप छ । संस्थानका पोखरा शाखा प्रमुखर् इश्वर प्रसा भने यो आरोप स्विकादैनन् । उनका अनुसार थाहा पाउनेबितिकै पाइप मर्मत गर्ने गरिएको छ ।  संस्थानले गत फागुनमा मात्रै ७२ ठाउँमा टुटेफुटेको पाइप मर्मत गरेको रिपोर्ट तयार गरेको छ । पालिखेचोकका रेशमलाल श्रेष्ठले भने आफ्नो घरअगाडि सडकमा पाइप फुटेको चार महिनासम्म पनि मर्मत नभएको बताउँछन् । पानीले सडकमा खाल्टैखाल्टा बनाइएको छ । तर, संस्थानलाई थाहा छैन, उनले भने । 
स्रोत : नयाँपत्रिका ०६७ बैशाख ३ गते पेज ८

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image