|
पानी परीक्षण प्रयोगशाला केमिस्ट'को अभावमा प्रयोगविहीन |
|
|
|
Posted by Administrator
|
|
Saturday, 16 April 2011 |
|
कोहलपुर : अधिकृतस्तरका प्राविधिक श्रेणीको सिनियर केमिस्ट आउन नमानेपछि नेपालगञ्चमा स्थापना गरिएको क्षेत्रीयस्तरको पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन् । पानीको गुणस्तर परीक्षणका लागि खानेपानी तथा सरसफाइ डिभिजन क्षेत्रीय कार्यालय नेपालगञ्चमा दुइ वर्षअघि प्रयोगशाला स्थापना गरिएको थियो ।
लोकसेवा आयोग मार्फ दुइपटकसम्म क श्रेणीको सिनियर केमिस्टको पदपूर्ति गरिए पनि कार्यालयमा आएका छैनन् । उनीहरूले काठमाडौं र घरपायक ठाउँ रोज्ने भएकाले यहाँ खाली भएको डिभिजनका निमित प्रमुख अशोक शर्माले बताउनुभयो । दुइ पकटसम्म पदपूर्ति भयो तर कसैले आउन मानेन भन्दै शर्माले प्राविधिक नहुँदा प्रयोगशालाका सामानहरू दुइ वर्षेखि थन्किएको बताउनुभयो । उहाँले प्रयोगशाला सञ्चालन नहुँदा पानीको गुणस्तर परीक्षण गर्न काठमाडौं जानुपर्ने बाध्यता रहेको समेत बताउनुभयो । गुणस्तर पानीका लागि २७ वटा रसायनको परीक्षण आवश्यक छ । अहिलेसम्म डिभिजनकाले आर्सनिेक र खानेपानी संस्थानले क्योरिन, एमोनिया, ब्याक्टि्रया र कोलिफको मात्र स्थानियस्तरमा परीक्षण गर्दै आएको छ । पिउनेयोग्य पानीका लागि सबै रसायनको शुद्धीकरण र परीक्षण आवश्वक भए पनि प्रयोगशाला सञ्चालन नहुदा परीक्षणमा समस्या भइरहेको शर्माले जानकारी दिनुभयो । साउनमा ८ जनाको ज्यान जानेगरी नेपालगञ्चमा फैलिएको झाडापखलाको मुख्य कारण अशुद्ध पानी र फोहोर रहेको निष्र्कष निकालिएको थियो । झाडापखला फैलिएपछि खानेपानी संस्थानले हतारमा बुटवलस्थित आप\mनो प्रयोगशालाबाट प्राविधिक मगाएर पानीको परिक्षण गराएको थियो । डिभिजनको प्रयोगशाला सञ्चालनमा आएको भए हामीलाई बाहिर जानु पर्दैनथ्यो, संस्थानका नेपालगञ्च प्रमुख दीपज्योति शाक्यले थप्नुभयो, अहिले पानीको बोतल बोकेर बुटवल जानुपर्छ । अशुद्ध पानीका कारण झाडापखला फैलिएको थाहा पाएपछि पानी परिक्षण गर्ने उपभोक्ताहरू बढेका छन् । डिभिजनका शर्माले पानीको नमुना ल्याएर मासिक आधा दर्जन उपभोक्ताहरू आइरहेको बताउनुभयो, हाल आर्सेनिक मात्र परीक्षण गरेर पठाइरहेका छौं । शर्माले प्राविधिकका लागि केन्द्रमा पटक पटक पत्रचार गरिएको बताउँदै भन्नुभयो, क श्रेणीको सिनियर केमिस्ट स्थानिय नै भएको भए राम्रो हुन्थ्यो अरु त आउनै मानेनन् । स्रोत : गोरखापत्र ०६८ बैशाख ३ गते पेज ८ |