Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
गजब छ काठमाडौं Print E-mail
Posted by Administrator   
Sunday, 17 April 2011

लोडसेडिङले बिजुली र पानीको सम्बन्धलाई नङ र मासुको जस्तै बनाइदिएको छ ।  आजभोलि सात दिनमा दुइ घन्टामात्र खाने पानी आउँछ । डेरामा बस्नेले हाउसफुल बनाएको काठमाडौंलाई दुइघन्टे खानेपानीले कसरी धानोस् । बिजुली र पानीको तालिका नमिल्दा भान्सामा त के बाथरुममा पनि पानी र्झन छोडेको छ ।

यसले एउटै घरका डेरावालाबीच पनि बोलचाल नहुने काठमाडाको मौलिक सभ्यता पानीको मूल र धारामा भेटघाट र चिनजान हुन थालेपछि बदलिएको छ । सातदिनमा दुइ घन्टा पानी आउँदा त बिहेमा जन्तीको लस्कर निस्के जतिकै त बिहेमा जन्तीको लस्कर निस्के जतिकै पो देखिन्छ । कोठैपिच्छेबाट फुत्तफुत रित्तो गाग्री, गिलेन, मसिना ड्रम झुन्डाउँदै महिला पुरुष सराबर निस्कन्छन् । कतिपय कोठाबाट त मिनिरल वाटर, जम्बो कोक, पेप्सी र मिनिन्डाका बोतल बोक्दै फुच्चाफुच्चीसमेत धारातिर लस्कर लाग्छन् । अझ भाडाकै प्रयोजनका लागि बनाइएका गतिलो घर छ भने पानी थाप्ने जनताको जुलुसै पो निस्कन्छ । थाप्दाथाप्दै कसको पालोमा पानी आउन बन्द हुने हो  टुंगो हुँदैन । रित्तो गाग्रो लिएर आफ्नो पालो कुरिरहँदा भाग्यशाली चिठ्ठाको टिकट हातमा बोकेर गोलाप्रथाको रिजल्टलाई मन थामेर पर्खेजस्तो पो हुँदो रैछ । काठमाडौमा त आफ्नो पालामा भए  भरको रित्ता भाडाकुडा पाएसम्म बटुका गिलासम्म भरेर अर्कोलाई पानी भर्ने पालो छोड्ने गर्दारहेछन् । सारोगारो पर्दा पल्लो गाउँमा पुगेर मद्दत गर्नसक्ने सहयोगी हात र मन पनि काठमाडौं बस्न थालेपछि आफ्नो समस्यालाई पहाड अरूकोलाई तराई देख्ने पो हुदारैछन् । उस्तै दयालु घर बेटी पर्ने हो भने त आफूले टन्न बडेमाको हिलटेक भरेपछिमात्र डरावालालाई पानी छाड्ने गर्छन् । पानी समय र बतीको साइत जुरेका बेला मेसिनले तानेको पानीको मुस्लो देख्दै रमाइलो लाग्छ । लाममा बसेकाले बीचमै पानी बन्द होला कि भनुर चिन्तै गर्नु नपर्ने तर यस्तो संयोग सधैं कहाँ जुर्नु । भान्छा र शौचालयलाई पानीको आवाश्यकता धेरै पर्छ । किनेको पानीले चिया, खाजा र भातै पकाएर खाउँला तर काठमाडौको महंगो बसाइँमा निम्न जीवनस्तर भएकाले जारको पानीले कहिले र कतिसम्म थेग्ने - पानी नहँुदा बरु भोकसंग सम्भौता गर्न सकिएला केहि समय तर शौचालयसँग सम्झौता गर्ने ताकत कसको होला ? नुहाउन नपाएको कपाल काठमाडौंको धुलो, धुवाले तारजस्तै चाम्रो भइसक्दा पनि स्याम्पुसँग सम्झौता गर्नुपरेको छ । छालाका चिलाउने बिबिरालाई कन्याएर शान्त पार्नु परेको छ । नाकको एलर्जी हुनेले मास्केले थेग्न नसकेका धुलोका कणसँग कुस्ती खेल्न नसक्दा र्याल, सिँगान गरी ननस्टप  हाछिउँ गर्नुपर्छ । कतिपय घरमा त बिजुली नभए धाराबाट पानीको थोपै झर्दैन । बिजुली र पानीको सम्बन्ध लोडसेडिङले नङमासु जस्तै बनाइदिएको छ । यस्तो सम्बन्ध नेता र जनताबीच भए पुरानो शौलीको नयाँ नेपालको अनुहारै फेरिने थियो । धारामा पानी नआइदिदा खुद्रा चियापसलेलाई गाह्रो भा छ जारको पानीले चिया बनाएरै देनिक ग्राहकलाई अन्त जान दिएका छैनन् । तिनले । यस्तो त सधैं नहोला नि पोहर साल पनि यस्तै भन्दै चिया फिट्दैथे उनीहरू । काठमाडौमा घर नभएकालाई बढी नै कष्टैकष्ट छ । तै पनि देशभरका जनता यही थुप्रिएका छन् । गजब छ यो अलकापुरी कान्तिपुरी नगरी  ।
स्रोत : नागरिक दैनिक ०६८ बैशाख ४, पेज न ६

Last Updated ( Wednesday, 11 May 2011 )
 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image