पानीको अभावले चर्पीमा ताला |
|
|
Posted by Administrator
|
Tuesday, 19 April 2011 |
बैतडी : गाउँमा पक्की चर्पी छ तर वर्षा दस महिना ताला लगाएको हुन्छ दुइ महिना मात्र प्रयोगमा आउँछ । त्यो पनि वर्षायाम शुरु भएपछि यो समस्या भोग्दै आएका छन् मल्लादेही ९ का बासिन्दाले असार साउनमा पानी परेपछि मात्र चर्पीको ताला खुल्छ अन्य दश महिना भने ताला लगाउने गर्छन ।
तीन वर्षघि समुदायको अगुवाइमा सबैका लागि आधारभूत सरसफाइ अर्न्तर्गत स्वाथ्यका लागि नेवा नामक संस्थाको सहयोगमा चर्पी बने पनि पानीको अभावले प्रयोग गर्न नआएको बताउछन स्थानिय अम्मर धानुक पिउनलाई समेत पानीको समस्या छ भने चर्पीको लागि कहँ पानी पाउनु उनी बताउँछन। वातावरण प्रतिकुल बर्न्र्दै गएपछि गाउँमा भएका पानीका मुल सुक्दै गएका छन भने धारा, कुवा, इनारको पानी घट्दै गएको छ । एक महिना प्रयोग गरेर चर्पीमा घास दाउरा राख्ने गरेका छन रमुवा लुहारले घर नजिकै चर्पी बनाए झन पानी नभएर दुर्गन्ध फैलिए पछी घास दाउरा राख्ने गरेको उनी बताउछन । बैतडीका ग्रामिण क्षेत्रमा नेवाले पिउने पानी र चर्पी निर्माण गरे पनि यो गाउँमा चर्पीमात्र बनाएकोले यो समस्या भएको स्थानिय बताउँछन । स्रोत : नेपालसमाचारपत्र ०६८ बैशाख ६, पेज न ७ |