राजधानीको फोहोर उठाउन दैनिक ७ लाख |
|
|
Posted by Administrator
|
Tuesday, 19 April 2011 |
काठमाडौं : फोहोरलाई मोहर बनाउने योजना अघि बढाएको काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर व्यवस्थापनका लागि दैनिक ७ लाख रुपियाँ खर्चिने गरेको छ । राजधानीबाट मात्र दैनिक ३ सय ६५ टन फोहोर संकलन हुने गरेको छ । कामपाले फाहोर व्यवस्थापनमा सबैभन्दा बढी रकम खर्च गर्ने गरेको छ तर यसले आशातीत सफलता हासिल गर्न सकेको छैन ।
फोहोर व्यवस्थापनका लागि पेट्रोल र डिजल खर्चबापत दैनिक डेढ लाख रुपियाँ खर्च हुने गरेको छ । तेलमा मात्र मासिक करिब ४० लाख रुपियाँ खर्च हुन्छ । कामपा वातावरण व्यवस्थापन विभागले जनाएअनुसार इन्धनका लागि वाषिर्क ५ करोड रुपियाँ भुक्तानी गर्ने गरेको छ । खर्च क मगर्न नयाँ योजना अघि बढाउने तयारी गरिरहेको बताउँदै कामपाका कार्यकारी अधिकृत गाणेश र्राईले खर्च गरेअनुरुप राजधानीलाई सफा राख्न नसकेको स्विकार्नुभयो । फोहोर ढुवानी प्रयोजनका साना ठूला गरी हाल १ सय २९ वटा गाडी सञ्चालित छन् । तीमध्ये सिसडोल ल्यान्डफिल साइटमा दैनिक २५ वटा सवारीसाधन सञ्चालन हुने गरेका छन् विभागका महाशाखाप्रमुख रविमान श्रेष्ठले नेपालव समाचारपत्रसँग भन्नुभयो । विभागले सिसडोडलमा जाने चालकका लागि प्रतिटि्रप २८ लिटर इन्धन उपलब्ध गराउने गरेको छ । एक चालकले दैनिक ३ टि्रम फोहोर सिसडोल ल्यान्डफिल साइटमा लैजाँदा ८४ लिटर इन्धन लिने गरेका छन् । फोहोर व्यवस्थापन गर्न करिब ९ सय जना कर्मचारी कार्यरत रहेको बताउँदै वातावरण विभागप्रमुख शान्ताराम पोखरलले ती कर्मचारीलाई परिचालन गरी राजधानीलाई सफा बनाउन तुलनात्मक रूपमा खर्च बढी लागेको बताउनुभयो । उहाँले धेरै रकम खर्च भएको देखिए पनि राजधानीको फोहोर व्यवस्थापन गर्न अझैं रकम अपुग रहेको उल्लेख गर्नुभयो । उहाँले समुदाय परिचालन, जनचेतनामूलक कार्यक्रम सञ्चालनलगायत थुप्रै योजना कार्यान्वयन गर्न बजेट अपुग रहेको बताउनुभयो । कामपाले वातावरण व्यवस्थापन विभागका लागि चालू आवमा करिब ३६ करोड बजेट विनियोजन गरेको छ । बजेट अनुसार योजना कार्यान्वयन हुँदै गरेको दाबी गर्दै महाशाखाप्रमुख श्रेष्ठले सबैले फोहोरलाई मोहरका रूपमा सोचेर सहयोग गरे खर्चमा कमी आउन सक्ने जिकिर गर्नुभयो । स्रोत : नेपालसमाचारपत्र ०६८ बैशाख ६, पेज न २ |