Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
खानेपानी महसुल चौबर Print E-mail
Posted by Administrator   
Wednesday, 20 April 2011

इटहरी : इटहरी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी महसुल चौबर बनाएको छ । महसुलको अप्रत्ययासित र चर्को वृद्धिले उपभोक्ता मारमा परेका छन् । साना सहरी योजना निर्माण गर्दा नगर विकासबाट लिएको ७ करोड ९ लाख रुपैयाँ ऋण तिर्न भन्दै संस्थाले पानीको महसुल बढाएको हो ।

नयाँ महसुल अनुसार र्सवसाधारणले न्यूनतम एक सय रुपैयाँ तिर्नुपर्छ । यसअघि यो ४० रुपैयाँ थियो ।  व्यापारिक, औद्योगिक, सरकारी र गैरसरकारी कार्यालयलाई भने पानीको न्यूनतम शुल्क चौबर बनाउँदै दुइ सय रुपैयाँ तोकिएको छ । उनीहरूले यस अघि ९० रुपैयाँ महसुल तिर्दै आएका थिए । राजनितिक दलको सयंन्त्रसँग सहमति गरेर महसुल वृद्धि गरिएको संस्थाको दाबी छ । लोडसेडिङ् समस्या र कम भोल्टेजले जेनेरेटर प्रयोग गर्दा संस्थाले आर्थिक भार थेग्ने नसकेपछि बाध्य भएर मुल्य बढाउनुपर्यो, संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले भने । नगरविकास कोषटबाट संस्थाले लिएको ऋण तिर्न जमानी बसेकाले छिटो ऋण तिर्न मूल्य बढाउनु परेको नगरपालिकाका इन्जिनियर अर्जुन दाहाल बताउँछन् । संस्थाले अप्रत्यासित रूपमा पानीको महसुल बढाएकोमा उपभोक्ताले विरोध जनाएका छन् । सहमतिमा महसुल वृद्धि गरेको भनिए पनि दलका प्रतिनिधि नै सन्तुष्ट छैनन् । एकीकृत माओबादीका तर्फबाट इटहरी नगर राजनितिक संयन्त्रका प्रतिनिधि प्रदीप चौधरीले अहिले बढाएको महसुल उपयुक्त नभएको नभएको बताए । हरेक वर्षसन्तुलित ढंगले मूल्यवृद्धि गरिनुपर्छ अहिलेको मूल्यवृद्धि असहज छ, उनले भने । काग्रेसका इटहरी नगरसभापति हेमकर्ण पौडेलले पनि राजनितिक दलका प्रतिनिधिसँग छलफल भए पनि अहिले बढाएको मूल्यप्रति सहमत हुन नसकिने बताउँछन् । साना सहरी खानेपानी योजनाबाट इटहरी र आसपासका एकम्बा र हाँस पोसा गाविसमा दैनिक ९० लाख लिटर पानी खपत हुने गरेको छ । संस्थाको पानी उत्पादन गर्ने क्षमता दैनिक एक करोड लिटर छ ।
स्रोत : नागरिक ०६८ बैशाख ७ गते पेज ४

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image