Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
डेढ सय घरका लागि एउटा धारो Print E-mail
Posted by Administrator   
Wednesday, 20 April 2011

ओखलढुंगा : यहाँको ठूलाछाप गाविसका झन्डै डेढ सय घरधुरीका उपभोक्ताले एउटै धारोबाट काम चलाउनुपरेको छ । खानेपानीको मुहान सुक्दै गएपछि ठूलाछाप, ४ निशंखे बजारका १ सय ४१ घरधुरी  र पाँच कार्यालयका उपभोक्ता एउटै धारा प्रयोग गर्न बाध्य भएका छन् ।

गाउँबाट दुइ किलोमिटर टाढा रहेको ढुंगेधाराबाट उपभोक्ताले पानी ल्याउँदै आएका छन् । उनीहरुलाई धाराबाट उकालो हिँडेर एक गाग्री पानी ल्याउन घन्टौ लाग्छ भने लाइनमा बसेर पानी ल्याउँदा एक विहान समय खर्चनर्ुपर्छ । 'पानी नुहँदा पिउन, नुहाइधुवाई र वस्तुभाउलाई खुवाउन समस्या छ' स्थानीय रमेश श्रेष्ठले भने 'खाना पकाउनसमेत समस्या पर्ने गरेको छ ।' पानी नभएकै कारण स्थानीय वासिन्दा हिउँदमा नजिकका गाउँमा अस्थायी बसाई र्सन थालेका छन् । निशंखेस्थित रेडक्रस शाखा, प्रहरी चौकी, स्वास्थ्य चौकी, कृषि सेवा उपकेन्द्र अतिरिक्त हुलाक, उमा कटवाल क्याम्पस, हिमालय उच्च माविलगायतका विद्यार्थी र कर्मचारीले पनि खानेपानीको समस्या भोग्नु परेकावे छ । विद्यार्थी घरबाटै बोतलमा पानी बोकेर विद्यालय आउने गरेको छन् । 'चौकीमा वस्नन सवै सुविधा भए पनि पानी नहुँदा समस्या छ' प्रहरी चौकीका एक जवानले भने 'हिउँदका बेला आगलागी लगायत घटना भयो भने उद्धार गर्नै गाहो छ ।' बाक्लो बस्ती भएको र पानी अभावकै कारण निशंखे क्षेत्रमा आगलागीको जोखिम रहेको प्रहरीको भनार्य छ । साढे तीन दसकअघि युनिसेफले खानेपानी मुहान निर्माण गरिदिए पनि व्यवस्थित ढंगबाट सञ्चालन नहुँदा योजना बन्द भएको हो ।
स्रोत : कान्तिपुर दैनिक, ०६८ बैशाख ७, पेज नं. ९

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image