भूकम्पले पानीका मुहान हवात्तै सुके |
|
|
Posted by Administrator
|
Saturday, 23 April 2011 |
बैतडी : गत चैत्रको तेस्रो साता दार्चुलामा ५.७ रेक्टर स्केलको भूकम्प जाँदा छिमेकी जिल्ला बैतडीमा भूकम्पको झटकाले जमिन हल्लिदा बैतडीका पानीका मुहान भूगर्भभित्र भसिँदा महान सुक्न थालेका छन् ।
सदरमुकामको गढी क्षेत्रमा गतवर्ष ०.८ लिटर प्रति सेकेन्ड पानी आउथ्यो भने भूकम्पको झटकापछि यस वर्ष घटेर ०.५ (आधा लिटर) प्रतिसेकेन्डमा झरेको छ । बैतडी सदरमुकामको जनसंख्यालाई १२ लिटर प्रतिसेकेन्ड पानीको आवश्यकता छ भने भूकम्पको झटका र जलवायु परिवर्तनले बैतडी सदरमुकाममा ०.५ आधार लिटर प्रतिसेकेन्ड मात्र पानी आउने गरेको डिभिजन खानेपानी कार्यालयका प्रमुख राजेन्द्र न्यौपानेले बताउनुभयो । पानीको मुहान सुक्नुका विभिन्न कारणमध्ये जलवायु परिवर्तन, बाढीपहिरो र दार्चुला र बझाङ जिल्ला भूकम्पको केन्द्र विन्दु भएकाले भूकम्प जाँदा जमिन हल्लिँदा माटो चर्केर पानीका मुहान भूगर्भभित्र भासिने भएकाले बैतडीमा पानीको मुहान घटदै गएको न्यौपानेले बताउनुभयो । जिल्ला सदरमुकामको खानेपानी आपूर्ति गर्न करिब २० करोड रुपियाँका लागतमा साना सहरी खानेपानी आयोजना सञ्चालनको तयारी भइरहेको बेला पानीमा मुहान घटदै जानु ठूलो चिन्ताको विषय भएको डिभिजन खानेपानी कार्यालयले बताएको छ । बैतडी नगर खानेपानी आयोजना हेर्ने गरी विभागबाट बैतडी आउनुभएका इन्जिनियर अथुलेस कर्ण आयोजना सम्पन्न हुन दुइ वर्षलाग्ने बताउनुभएको छ । स्रोत : गोरखापत्र दैनिक, ०६८ बैशाख १०, पेज नं. ४ |