Posted by Administrator
|
Monday, 25 April 2011 |
डा. आनन्दबहादुर थापाको कान्तिपुरमा प्रकाशित लेख सकारात्मक छ । जलसम्पदाको हिसावमा विश्वकै दोस्रो स्थानमा रहेका हामीले पानी विक्री गर्न सक्ने हो भने भावी सन्ततिले अनन्तकालसम्म लाभ उठाउन सक्ने रहेछ ।
लगानीको हिसावले पनि यो कार्यमा कुनै समस्या नपर्ने रहेछ किनभने सम्बन्धित देशबाट पेस्कीस्वरुप पाउने एकमुष्ट रोयल्टीबाटै यो कार्य सम्भव देखिन्छ जसका कारण कुनै पनि निकायलाई हारगुहार गरिरहन पर्ने आवश्यक्ता देखिँदैन । चाहियो मात्र सकारात्मक सोच र सकारात्मक सम्झौता गर्ने साहस, जुन देशका हितमा होस । तर नेपालमा काम गर्ने मान्छेको अभाव रहेको तीतो यथार्थ हामीसामु छँदै छ । जलस्रोतविदहरुले दबाब सिर्जना गरेमा यसलाई सम्पन्न गर्न सकिनेछ । यसतर्फपनि ध्यान दिनुपर्ला । - तीर्थमान श्रेष्ठ र दिनेश कुमार लामेछाने, हाल यूएइ स्रोत : कान्तिपुर दैनिक, ०६८ बैशाख १२, पेज नं. ६ |