Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
उपत्यकामा खानेपानी चरम अभाव Print E-mail
Posted by Administrator   
Monday, 25 April 2011

दैनिक ३० करोड लिटर पानी अपुग
काठमाडौं : दैनिक माग ३५ करोड लिटर । आपूर्ति सात करोड लिटर मात्र । वितरितमध्ये पनि चुहावट ३५ प्रतिशत । उपभोक्तामाझ पुग्ने वास्तविक तथ्याँक करिब साढे चार करोड लिटर मात्र ।

यो तथ्याँक हो, काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौ उपत्यकामा दैनिक वितरण गर्दै आएको खानेपानीको । मागभन्दा आठ गुणा कम मात्र पानी उपभोक्ताका धारामा चुहिने हुनाले काठमाडौ उपत्यकामा अहिले खानेपानीको अभाव उत्कर्षा पुगेको छ । केयूकेएलकै भनाइ अनुसार यो हालसम्मकै भयावह अभाव हो । यो वर्षदैनिक ३० करोड लिटरभन्दा बढी पानीको अभाव रहे पनि गत वर्ष यही समयमा काठमाडौमा यो भन्दा पाँच करोड लिटर कम दैनिक २५ करोड लिटर पानी अभाव थियो । गत वर्षबढीमा पाँच दिन विराएर हरेक घरमा पानी आउँथ्यो भने यस वर्षताहातल, न्यूरोड, छाउनीजस्ता मूख्य क्षेत्रमा सात आठ दिनदेखि एक महिनासम्म विराएर पानी आइरहेको छ ।
केयूकेएलले डेढ महिनाअघि छाउनीमा सात दिन विराएर न्यूरोड क्षेत्रमा ६ दिन विराएर र अरु विभिन्न क्षेत्रमा पाँच दिन विराएर पानी वितरण गर्ने सूचना निकाले पनि कतै पानी कम जम्मा भएर त कतै पाइपको समस्याले कमै स्थानमा मात्रै तोकिएको दिनमा पानी वितरण भइरहेको पाइएको छ । खानेपानी अभावले यस्तो रुप लिइसकिएको छ कि दैनिक खानेपानी पाउनुपर्ने उपभोक्ताको अधिकार भए पनि तिनका धारामा एक सातासम्म पनि पानी चुहिँदैन । दैनिक पानी आउने केही वर्षअघिसम्मको अवस्था पछिल्लो पुस्तालाई 'दन्त्यकथा' जस्तो लाग्न थालेको छ । आफ्नै धारामा महिनामा एक पटक मात्र पानी आउने बताउने उपभोक्ता पनि काठमाडौ उपत्यकामा दिन प्रतिदिन थपिँदै छन् ।
नेपाल खानेपानी संस्थानबाट २०६४ सालमा खानेपानी व्यवस्थापनको जिम्मा केयूकेएलले लिँदा एक दिन विराएर धारामा पानी आउँथ्यो । तर त्यसपछिको तीन वर्ष अहिले उपत्यकाका कतिपय ठाउँमा एकसातामा एक पटक र कतिपय ठाउँमा मुस्किलले महिनामा एक पटक पानी आउने गरेको अवस्था छ । चार वर्षघि पानीको समस्या कायमै रहेको बेला दिनको चार घन्टा पानी दिने भन्ने आश्वासन दिएर संस्थानबाट खानेपानी व्यवस्थापनको जिम्मा लिएको केयूकेएलले साता र महिना दिन विराएर पानी दिन थालेपछि उपभोक्ताहरु आक्रोशित भएका छन । 'चार वर्षघि पानीको जिम्मा लिँदा केयूकेएलले दैनिक विहान दुइ घन्टा र बेलुका दुइ घन्टा पानी दिन्छु भन्ने आश्वासन दिएको थियो तर उल्टो साता र महिना दिन विराएर पनि राम्ररी पानी दिँदैन' उपभोक्ता हित संरक्षण मञ्चका सचिव नेत्रप्रसाद धितालले भने 'त्यसमाथि ढल व्यवस्थापन गर्न भनेर बढी शुल्क असुल्छ धारामा ढल मिसएको पानी आउँछ ।' सिमित स्रोत र वर्तमान वितरण प्रणालीको कारण मागअनुसारको पानी वितरण गर्न नसकेको केयूकेएलले जनाएको छ । 'स्रोत उनै हुन बर्सनिे माग बढेको बढयै छ, त्यसैले पानीको अभाव चरम उत्कर्षमा पुगेको हो' केयूकेएलका प्रवक्ता सुरेशप्रसाद आचार्यले राजधानीसँग भने 'मेलम्चीले समस्या समाधान होला, त्यसअघिसम्म केयूकेएलले चाहेर पनि केही हुँदैन ।
प्रवक्ता आचार्यले केयूकेएल करोडौंको घाटामा रहेकाले सुधारका कम गर्न नसक्दा चुहावट बढेर आपूर्ति घटिरहेको बताए । सतहगत मुहान सुक्दै गइरहेको र जमिनमुनिबाट तानेर धेरैजसो आपूर्ति थेग्नु परेकाले माग थपिँदै गइरहेको उनको भनाई थियो । गत आर्थिक वर्ष २०६६/०६७ को केयूकेएलको घाटा २० करोड रुपैयाँ रहेको बताइएको छ । केयूकेएलले सतहगत मुहानहरु शिवपुरी, बोडे, सुन्दरीजल, महाँकालचौर, दूधपोखरी, शेषनारायण, फर्पिङ, नल्लु लगायत र सतह मुनकोमा धोवीखोला, महाराजगन्ज, मनहरा, त्रिपुरेश्वर, बाँचवारीलगायतबाट पानी संकलन गर्दै आएको छ । ४० लाखभन्दा धेरै जनसंख्या रहेको काठमाडौमा केयूकेएलले ३२ लाखभन्दा बढी उपभोक्तालाई पानी वितरण गरिरहेको दाबी गरेको छ । तर वितरणको अवस्था यति भयावह छ कि त्यो मानिसलाई बाँच्नका लागि चाहिने पानीको अन्तराष्ट्रिय मापदण्डसँग दाज्नै मिल्दैन । अन्तराष्ट्रिय मापदण्ड अनुसार हरेक एक मानिसलाई पिउनका लागि मात्र दैनिक कम्तीमा १० लिटर पानी चाहिन्छ । जवकि हरेक प्रयोजनका लागिएक जनालाई दैनिक कम्तीमा एक सय लिटर पानी चाहिन्छ । काठमाडौ उपत्यकाको हकमा यो मापदण्ड महिना दिनमा पनि पुरा हुन नसक्ने अवस्था छ ।
धाराबाट खानेपानी आउनै छाडेपछि उपभोक्ताहरु महँगो रुपैयाँ तिरेर टयाँकर, जार वा मिनरल वाटरबाट प्यास मेटाउने र खाना पकाउने गरिरहेका छन् । जसका कारण धेरैलाई पानी कुन दिन आउँछ भन्ने हेक्कासम्म हुन छाडेको छ । 'धारामा पानी आउने भए पो, यो....यो...दिन आउँछ भन्नु' काठमाडौं बाफलकी अम्बिका थापाले राजधानीसँग भनिन 'कहिले एक साता/दुइ सातामा एकपटक आउँछ कहिले महिना/दुइ महिनासम्म पनि आउन्न । त्यसैले हामी त छतको टयाँकी रित्तिनासाथ टयाँकर बलाउँछौं ।' केयूकेएलले न्यूनतम पानी प्रयोग गरेवापत प्रतिमहिना ५५ रुपैयाँ र ढल व्यवस्थापनका लागि थप १० रुपैयाँ महसुल लिदै आएको छ । केयूकेएलले १० ओटा शाखामार्फ एक लाख ७३ हजार सात सय चारओटा धारामार्फ पानी वितरण गरिरहेको बताएको छ ।
स्रोत : राजधानी दैनिक, ०६८ बैशाख १२, पेज नं. २

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image