|
Posted by Administrator
|
|
Tuesday, 26 April 2011 |
|
विगत महिना दिनदेखि काठमाडौका १९ र २६ वडा जिम गल्ली, टम्मो गल्लीभित्रको बासिन्दा खानेपानीबाट वञ्चित छन र खानेपानीको सट्टामा खानेपानीको पाइपबाट आउने अप्रोशोधित बोरिङको पानी खान बाध्य छन् ।
यस्तो पानीले ठुलै रोग ननिम्त्याउला भन्न सकिन्न । रोग लागिहाल्यो भने यसको जिम्मेवारी कि काठमाडौ उपत्यका खानेपानी लिमिटेड -केयूकेएल)ले कि त सरकारले लिनुपर्यो । महिना दिन अगाडिमात्र दैनिक पत्रिकाको सूचनामा कतै पाँच दिनमा एकदिन पानी वितरण गरिनेछ भनेर समय नतोकिकन ठूलठूला अक्षरमा विज्ञापन दिने अनि पानी भने महिना दिनमा पनि नदिने कस्तो नाटक हो । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै चुनावताका हिसिला यमीले पनि मेरो माइतीघर हो यो ठाउँ, पानी त बगाउनुपर्छ भनेर फूर्ति गरिन, पछि नाकमुख देखाइनन् । त्यस्तै अर्का नेता नवीन्द्रराज जोशीले पनि चुनावताको वाचा विर्स ी। स्वच्छ पिउने पानीको उपलब्धताप्रति सम्बन्धित निकायले गम्भीर भएर सोच्नुपर्दैन ? - १९ र २६ वडाका पीडित बासिन्दा, काठमाडौ स्रोत : अन्नपूर्ण पोष्ट, ०६८ बैशाख १३, पेज नं. ६ |