केयूकेएलका प्रवन्ध निर्देशकद्वारा राजीनामा |
|
|
Posted by Administrator
|
Tuesday, 26 April 2011 |
काठमाडौ : कर्मचारी संगठनको दबाबका कारण काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रवन्ध निर्देशक रुद्र गौतमले पदबाट राजीनामा दिएका छन् । माओवादी सम्बद्ध कर्मचारी र कर्मचारी परिषदले गौतम निर्देशक भएपछि उपत्यका खानेपानी लिमिटेडमा कनै परिवर्तन नभई झन धराशयी भएको भन्दै राजीनामा मागेका थिए ।
परिषदका अध्यक्ष चिरमानसिँह कुँवले कर्मचारीको दबाबपछि गौतमले राजीनामा दिएको र भोलिदेखि उनको कार्यकक्षमा लगाएको तालाबन्दी खोलिने बताए । केयूकेएलका प्रवक्ता सुरेशराज आचार्यले केयूकेएलको वातावरण सहज होस भन्ने उद्देश्यले राजनीमा दिएको बताए । कर्मचारीले आन्दोलन स्थगित गरेपछि २६ दिनअघि उनको कार्यकक्षमा लगाएको तालाबन्दी मंगलबार खोलिने प्रवक्ता आचार्यले बताए । स्रोत : कान्तिपुर दैनिक, ०६८ बैशाख १३, पेज नं. ४ |