Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
देखिन थाल्यो हैजा Print E-mail
Posted by Administrator   
Saturday, 30 April 2011

काठमाडौं : राजधानीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रवार यो मौसमको पहिलो प्रयोगशाला प्रमाणीत हैजाको रोगी देखिएको छ । अस्पतालका क्लिनिकल रिर्सच युनिटका अनुसार कलंकी बस्दै आएकी ५६ वर्षीया महिलामा हैजाको '०१ ओगावा' प्रजाति देखिएको हो । बनेपा घर भएकी उनको चिकित्सकीय इतिहास अनुसार उनी एक वर्षदेखि उपत्यकाबाहिर गएकी छैनन् । समयमै उपचार गरे मृत्युदर करिब शुन्य रहेको हैजा/झाडापाखाला हैजाबाट २०६६ मा जाजरकोट, रुकुमलगायतका पहाडी क्षेत्रमा सरकारी तथ्याँक अनुसार ३ सय ५४ भन्दा बढीको मृत्यु भएको थियो ।

'एक दशकभन्दा बढी समयदेखि वर्षेनि गर्मी यामयताका उपत्यकामा प्रयोगशाला प्रमाणीत हैजा देखिँदै आएको छ' टेकु अस्पतालका डा. राजेश साह भन्छन 'अब खानपानमा विशेष र्सतर्कता आवश्यक छ ।' अनियन्त्रित रुपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई झाडापखला भनिन्छ । एक्कासि हुने पखला केही घन्टादेखि केही दिनसम्मरहन सक्छ । पखाला लाग्दा पेट दुख्ने, ज्वरो, रिंगटा र वान्ता पनि हुन सक्छ । असर बढे तरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ । नत्र शरीरमा पानीको कमी भई ज्यान जोखिममा पर्न सक्छ । अमेरिकन कलेज अफ ग्यास्ट्रोइन्टरोलजीका अनुसार शरीरले गुमाएको पानी थप्दै जानु यसकोमुख्य उपचार हो । हैजाबाट आत्तिनुपर्ने स्थिति भने नरहेको चिकित्सकहरु बताउँछन् । यसका विरामीको शरीरबाट झाडापखलाका माध्यमले नशामा भएको पानी र लवणलाई तुरन्त परिपूर्ति गरेर सपलतापूर्वक उपचार गर्न सकिन्छ । वान्ता नगर्ने रोगीहरुलाई मुखबाट पुनजलीकरण (ओरल रिहाइड्रेसन) गरेर  उपचार गर्न सकिन्छ । अत्यन्त विग्रिएको स्थितिमा नशाबाट पानी चढाएर शरीरमा पानी र लवणको मात्रा स्थिर गर्न सकिन्छ । 'पेट र मलद्वारमा तीव्र पीडा, ज्वरो, दिसामा रगत, शरीरमा पानीको कमीजस्ता लक्षण देखिएको छ र तीन दिनभन्दा बढी समय सम्म पखला लागिरहेको छ भने तुरुनट चिकित्सकको सल्लाह लिनुपर्छ' टेकु अस्पतालका डा. शेरबहादुर पुन वताउँछन् । उनका अनुसार बालबालिकाको  हकमा भने झाडापखला देखिएको पहिलो दिनमै चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।
चिकित्सकहरुका अनुसार झाडा पखलाबाट बच्ने सवैभन्दा राम्रो उपाय प्रदूषित खाद्य पदार्थ पानीबाट टाढा रहनु हो । खुला कुवा र हयान्ड पम्पको पानी पनि उमालेर खानपर्छ खाना खानुअघि र शौचालय गएपछि हात सावुनपानीले धुन विर्सनुहुन्न । भाँडाकुँडा नियमित रुपमा सफा गर्नुपर्छ त्यसै थन्क्याइएको फा भाँडामा समेत व्याक्टेरियाका हमला हुन सक्छ । अमेकि स्वास्थ्य संस्था सिडिसीका अनुसार सरसफाईमा कमी भएको ठाउँमा हेजाको महामारी तत्काल रोक्न सकिँदैन । वर्षोनि २२ लाख व्यक्तिको मृत्यु झाडापखला, हैजालगायतले हुने र ती मध्ये अधिकाँश बालबालिका भएको डव्लुएचओले उल्लेख गरेको छ । यस्तो मृत्यु अधिकाँशत विकासोन्मुख मुलुकमा हुने गरेको छ । डव्लुएचओले झाडापखालाको ८८ प्रतिशत कारण असुरक्षित पानी, अपार्याप्त सरसफाई र स्वच्छताको कमी रहेको जनाइएको छ । सरसफाईमा सुधारले झाडापखलाले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । खाने पानीको गुणस्तरमा सुधारले झाडापखलाबाट हुने मृत्युदर ६ देखि २५ प्रतिशतसम्म कम गर्न सकिन्छ । स्वच्छ पानी, सरसफाई, व्यक्तिगत स्वच्छता, हात धुनुजस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडापखलाको केस कम गर्न सकिने डव्लुएचओले जनाउँदै आएको छ । हैजा, झाडापखलाबाट बच्न प्रकोप फैलिएको मुलुकको अन्य भागसहित मुख्य रुपमा उपत्यकावासीलाई उम्लिएर चिसो गरेको पानी र स्वच्छ खाना खानुपर्छ ।
स्रोत : कान्तिपुर दैनिक, ०६८ बैशाख १७, पेज नं. ११

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image