Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
ट्राफिक प्रहरीको समस्या, शौचालय कता जाने ? Print E-mail
Posted by Administrator   
Sunday, 15 May 2011

काठमाडौ : 'धवाँ र धुलो त छँदैछ । समयमा शौचालय जान पनि पाइँदैन । सधै कता जाने भन्ने चिन्ता हुन्छ' सिंहदरबारको मुख्य द्वारस्थित पृथ्वीनारायण शाहको सालिकमुनि बसेर सिठ्ठी फुक्दै गरेकी ट्राफिक प्रहरी नायबनिरीक्षक रुपा राईले आफ्नो समस्या यसरी सुनाइन ।

रुपालाई मात्र होइन राजधानीका सडकमा घन्टौसम्म धुँवा र धुलो खाएर डयुटीमा खटिने ट्राफिक प्रहरी शौचालय अभावमा सधै पिरोलिने गर्छन । 'सुन्दा यस्तो पनि समस्या हो र जस्तो लाग्छ तर ठूलो समस्या छ' रुपाले भनिन् । सडकको चोकमा रहने ट्राफिक पिकेटमा उभिएर सवारी व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीको लागि शौचलायको व्यवस्था छैन । राजधानीका सडकमा २३ वटा स्थायी र एक सय सातवटा अस्थायी पिकेट छन् । कुनै पनि पिकेटनजिकै शौचालय छैन । एउटा पिकेटमा दुइ देखि चारजनासम्म ट्राफिक खटिएका हुनछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा हुने हरेक बैठकमा शौचालय अभावबारे जोडदार कुरा उठने गर्छ तर अहिलेसम्म समस्या समाधान गरिएको छैन । 'सडकमा खटिने ट्राफिक प्रहरीका लागि शौचालयको समस्या छ' महाशाखाका प्रवक्ता जगतमान श्रेष्ठले भने 'तर चाहेर पनि हामीले समाधान खोज्न सकेको छैन । अरुको घर र पसल खोज्दै हिँडनुपर्ने बाध्यता छ ।' श्रेष्ठका अनुसार सडकमा खटिने ट्राफिक प्रहरी पालो गरेर शौचालय जान बाध्य छन । उपत्यकामा एक हजार ५० ट्राफिक प्रहरी कार्यरत छन् । त्यसमध्ये दैनिक १० प्रतिशत विदामा हुन्छन् । एक ट्राफिकले ६ सय गाडी हेर्नुपर्छ । त्यस्तै एकजनाले दैनिक १६ घन्टा डयुटी गर्नुपर्ने अवस्था छ । गाडी आवागमनका दृष्टिले व्यस्त मानिने सिँहदरबार, थापाथली, त्रिपुरेश्वर, पुतलीसडक, लैनचौर, सोहखुट्टे, बालुवाटार, पुल्चोक, ग्वार्को, कोटेश्वर, तीनकुने, गौशाला, चावहिल लगायतका सडकमा खटिका ट्राफिक प्रहरीलाई शौचालयको समस्याले बढी सताउने गर्छ । 'सडकमा सवारी चाप बढी हुन्छ, छोडन मिल्दैन । उता आफूलाई च्यापिसकेको हुन्छ' प्रवक्ता श्रेष्ठले भने । प्रधानमन्त्री, मन्त्री, सभासद लगायतका विशिष्ट व्यक्ति प्राय, यिनै सडकबाट आवतजावत गर्ने हुँदा एकछिन पनि सडक छाडन नमिल्ने उनी बताउँछन् । काठमाडौ महानगरपालिका वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले ट्राफिक पोष्ट वा युनिटसँगै शौचालय नहुँदा ट्राफिक प्रहरीलाई समस्या भएको स्वीकार गरे । राजधानीमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई पनि समस्या छ । महानगरपालिकाका अनुसार राजधानीमा सरकारी र निजी स्वामित्वका २९ वटा सार्वजनिक शौचालय छन् । राजधानीमा एउटा सार्वजनिक शौचालय ५० हजारजनाले प्रयोग गर्दै आएको वातावरण विभागका प्रमुख श्रेष्ठले बताए ।
स्रोत : अन्नपूर्ण पोष्ट, ०६८ जेष्ठ १, पेज नं. ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image