Posted by Administrator
|
Monday, 16 May 2011 |
भोजनालय र मदिरालय पर्याप्त सार्वजनिक शौचालय अपर्याप्त एकजना युरोपेली पर्यटकले नेपालको कुनै गाउँमा शौचालय खोजेछन् । गाउँलेले बारीको कान्लातिर देखाइदिएछन । पछि ती पर्यटक एउटा सानो बजारमा पुगेर शौचालय शोध्दा जवाव पाएछन् 'यिनको नाक छैन कि क्या हो-' विचरा ती विदेशीले नेपाल बुझेको भा पो नेपालमा शौचालय पत्ता लगाउन नाकको प्रयोग गर्नुपर्छ, सुँघेर पहिल्याउँदै जाँदा ठयाक्कै शौचालय पुगिन्छ ।
गाउँतिर सामान्यतया शौचालय नै हुँदैन । सहरबजारमा शौचालय हुनछ तर त्यसको पहिचान नाकले गर्नुपर्छ । झान सरकारी अस्पताल र कार्यालय तथा भीडभाड हुने र्सार्वजनिक थलोमा शौचालयको गन्ध टाढैबाट पाइन्छ । स्वास्थय मन्त्रलायले जारी गर्ने गरेको एउटा जनचेतनामूलक विज्ञापनमा यसो भनिएको छ '....शौचालय सधै सफा राख्ने गरौं ।' एकथरी नेपालीका घरमा शौचालय नै हुँदैन तब कसरी सफा राख्ने ? अनि सर्वसाधारणले विज्ञापन बमोजिम 'सफा शौचालय' को नमुना स्वास्थय मन्त्रालयले चलाएको सरकारी अस्पतालमा देख्ने गरेका छन् । काठमाडौमा सर्वाधिक दुर्गन्धित शौचालय कतै छ भने सरकारी अस्पतालहरुमा छ । सरकारी अस्पतालका शौचालय र राजधानीका ठाउँठाउँका र्सार्वजनिक शौचालयबीच को बढी दुर्गन्धित भन्ने प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धामा कसले जितेको होला ? जसले जितोस काठमाडौको सवैभन्दा ठूलो शौचालयचाहि सार्वजनिक थलो नै हो । फुटपाथ, एकान्त परेको गल्ली र फराकिलो ठाउँजति राजधानीका औपचारिक सार्वजनिक शौचालय हुन् । साँच्चै भन्ने हो भने काठमाडौ उपत्यका आफैमा एउटा शौचालय हो । यस्तो ठाउँमा सडकमा खटिने ट्राफिक प्रहरीले शौचालय पाएनन् रे पत्याउन सकिन्छ तर यो कुरा ? उपत्यकाका र्सार्वजनिक शौचालयमा कमजोर नाक भएको मानिस पस्न गाहैपर्छ त्यस्ता शौचालयको दुर्गन्ध ट्राफिक प्रहरीले चाहि सहन सकदा हुन । किनभने उनीहरु दिनभरि धुवाँ र धुलोको मुस्लोका बीच कर्तव्य निर्वाह गरिरहेका हुनछन् । काठमाडौको मोटरको घुइँचोमा दिन विताउनु आफैमा नर्क भोग्नु हो र त्यस्तो नर्क भोगेका ट्राफिककर्मीलाई र्सार्वजनिक शौचलायको दुर्गन्ध समान्य लाग्दो हो । तर शौचालय छ नै कहाँ ? भोजनालय र मदिरालय पर्याप्त भएको तर सार्वजनिक शौचालय विरलै मात्र छ काठमाडौ उपत्यकामा । अनि भएका शौचालय पनि दुर्गन्धालय बनेकाले बटुवाहरु र्सार्वजनिक शौचलाय जानुभन्दा भित्तापट्टी फर्किएर उभिनु सुविधाजनक मान्छन । तर महिलाले कसो गर्ने - उपत्यकामा ट्राफिककर्मीलाई मात्र होइन, कसैलाई पनि छैन र्सार्वजनिक शौचलाय । भएका शौचालय दुर्गन्धालय बन्ने अनि वटुवाले शौच गर्न दुर्गन्धित र्सार्वजनिक थलो खोज्दै हिँडनुपर्ने भएपछि काठमाडौ उपत्यकाको इज्जत के भयो - बरुहाम्रा कतिपय गाउँ खुला शौचमुक्तघोषित भइसके तर काठमाडौं.....। हामीले काठमाडौ खाल्डोलाई र्सार्वजनिक शौचालय बनाउने कि पर्याप्त संख्यामा शौचलाय बनाउने ? यस्तो विकल्प छान्न ढिलो त भइसकेन ? स्रोत : अन्नपूर्ण पोष्ट, ०६८ जेष्ठ, २, पेज नं. ६ |