Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
मेलम्ची तोकिएको समयमा पूरा नहुने Print E-mail
Posted by Administrator   
Monday, 16 May 2011

चौतारा : राजधानीको खानेपानीको माग पूरा गर्ने अपेक्षासाथ सुरु गरिएको मेलम्ची आयोजना तोकिएको समयमा पूरा नहुने भएको छ । चिनियाँ ठेकेदार कम्पनीले सुरुङ निर्माण अवधि २ वर्ष थप गर्न माग गरेपछि निर्माण अवधि लम्बिने भएको हो । बन्द, हडताल, राजनीतिक खिचातानी र स्थानीय समस्या देखाउँदै सुरुङ पूरा गर्ने अवधि ०१३ बाट ०१५ सम्म पुर्याउन कन्सल्ट्यान्डमार्फत आयोजनासँग माग गरेको छ ।

चाइना रेलवे कम्पनी १५ ब्युरोले ४ वर्षमा पूरा गर्ने सर्तमा २००९ अप्रिल २१ मा साइड जिम्मा लिएकोमा २२ महिनामा १ हजार ९ सय मिटर सुरुङ खनेको अवस्थामा म्याद बढाउने प्रस्ताव आएको हो । सुरुङ निर्माण जुन गतिमा हुनुपर्ने हो त्यो देखिएको छैन, आयोजना कार्यकारी निर्देशक हरिप्रसाद शर्माले भने, म्याद थप्न कन्सल्ट्यान्डलाई पत्राचार गरेको खबर आएको छ । नेपालको आन्तरिक समस्याले काम गर्न ढिलो भएको कारण देखाउँदै यसअघि पनि ठेकेदारले म्याद बढाउन अनौपचारिक अनुरोध गर्दै आएको हो, उनले भने । कन्सल्ट्यान्डले औपचारिक जानकारी दिएको छैन, शर्माले थपे, जटिल अवस्थाबाहेक सकभर म्याद थप्ने पक्षमा छैनौं । हाल ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलबाट सुरुङ निर्माण भइरहेको छ । आयोजनाले दैनिक १ सय ५० मिटर लक्ष्य राखेकोमा हाल ११ देखि १४ मिटरमात्र बनिरहेको छ । यही रफ्तारमा काम गर्ने हो भने सुरुङ निर्माण पूरा हुन थप ५ वर्ष कुर्नुपर्छ । समयमा निर्माण पूरा नहुने निश्चित भएपछि कम्पनीले जरिवाना तिर्नुपर्ने डरले म्याद बढाउन आग्रह गरेको हो, स्रोतले भन्यो, स्थानीय वातावरण सहज भए पनि ठेकेदारले उसकै कारणले काम गर्न सकेन । दैनिक ५ सय कामदार हुनुपर्नेमा ३ सयमात्र छन् । उसका अनुसार तोकिएको समयमा काम पूरा गर्न नसके पनि ठेकेदारलाई ४० करोडभन्दा बढी जरिवाना गर्न नसक्ने टेन्डर सर्तमा उल्लेख छ । ठेकेदारले जरिवानाबाट जोगिन विभिन्न घटनालाई जोडेर थप रकम दाबी गर्दै २१ वटा निवेदन आयोजनामा दर्ता गरिसकेको छ । यसअन्तर्गत ठेकेदारले स्थानीयले आयोजना कार्यालय मेलम्चीमा ०६६ साउनदेखि लगातार ७ महिना ताला लगाएको, समयमा सुरुङ निर्माण विन्दु तोक्न नसकेको लगायत कारणलाई मुख्य आधार बनाएर म्याद थप्न दबाब दिएको हो ।
स्रोत : कान्तिपुर दैनिक, ०६८ जेष्ठ २, पेज न ५

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2022 NGO Forum - Nepal
powered by nepalonline.
No Image