|
Posted by Administrator
|
|
Tuesday, 17 May 2011 |
|
बाजुरा : सदरमुकाम मार्तडीमा ल्याइएको खानेपानी पाइपबाट पशुको मलमुत्र र जुका आउन थालेपछि उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै स्वास्थ्यकर्मी सचेत रहन भनेका छन् ।
फोहोर पानीकै कारण टाइफाइड र झाडापखलाका विरामकिो संख्या हवातै बढेको स्वास्थ्यकर्मीले बताउ । जिल्ला अस्पतालमा उपचारका लागि आउने आधाभन्दा बढीमा पखालाको समस्या देखिएको निमित्त प्रमुख डिलाराम भट्टले बताए । पखालाको मुख्य कारण फोहोर पानी भएको उनले औल्याए । स्वास्थ्यकर्मीका अनुसार बाजुरा पखालको उच्चजोखिममा छ । 'धारामा आउने पानीमा स्याउँ स्याउँती जुकार मलमुत्रको लेदो आउँछ' स्थानीय उपभोक्ता नीता रावलले भनिन् । सदरमुकामको पिउने पानी करिब एक घन्टा पर झाल्या र ठूलीमुल खोलाबाट ल्याएको छ । खोलाको तलतिर भने खानेपानीको टयाँकी छ । माथि नुहाउने धुने चरिचरन क्षेत्र हो । 'धाराको टुटीमा कपडा बाँधेर पानी छान्ने गरेका छौं' रावलले भने । र्सार्वजनिक तथा घरमा जडान गरिएको धारामा आउने पानीमा लामो समयदेखि यस्तो समस्या रहेको उपभोक्ता बताउँछन् । पानी ल्याएको माथितिर गोठटाना छन् । 'खुला मुहानमाथि फोहोर भएपछि तलको पानी सफा हुने कुरै भएन' बजार व्यवस्थापन समितिका अध्यक्ष रोशन श्रेष्ठ भन्छन्, 'विकल्प नभएपछि जस्तो भए पनि पिउनैपर्ने हुन्छ ।' पानीको शुद्धिकरण लगायत आवश्यक व्यवस्थापन गर्ने जिम्मा समितिको हो । यसका पदाधिकारीले पनि आफूहरुले पानी फोहोर हुन नदिन प्रयास गर्ने गरेको बताए । समिति सचिव रुद्र थापा पानीमा समसया भएको स्विकार्दै भन्छन् 'स्थानीय बासिन्दाले खोलामा गाईवस्तु लाने हुनाले समस्या बढेको हो ।' स्रोत : कान्तिपुर दैनिक, ०६८ जेष्ठ ३, पेज नं. ५ |