Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
सदरमुकाम दुर्गन्धित Print E-mail
Posted by Administrator   
Friday, 20 May 2011

धादिङ : बढदो सहरीकरणसँगै जिल्लाको सदरमुकाम धादिङबेसी दुर्गन्धित पनि हुँदै गएको छ । सदरमुकाम धादिङबेसीमा मानव बस्तीका चापसँगै निस्कने फोहोरले दुर्गन्ध बढदै गएको हो ।

बजारका पसल, होटल र घरहरुबाट निस्केको फोहोर सडकको नालीमा फाल्ने गरिन्छ । सदरमुकाम दिन प्रतिदिन फोहोर बन्दै गए पनि फोहोर व्यवस्थापनमा भने उचित ध्यान पुग्न सकेको छैन । जिल्ला विकास समिति, उद्योग बाणिज्य संघ, महिला विकास समिति लगायतका संघसंस्थाले उठाउँदै आएको फोहोर विगत दुइ वर्षदेखि उठाउन छाडेका छन् । बजारबाट निस्केको फोहोर उठाउन सरकारी संस्था प्रयास नेपाल, धादिङ र सुगमटोल धादिङले संयुक्तरुपमा सफा, स्वच्छ र सुन्दर धादिङ अभियान थालेका छन् ।
'बजारको फोहोर व्यवस्थापनमा अग्रसरता, सबै सरोकारवालाहरुको प्रतिवद्धता' भन्ने नारासहित यो अभियान थालिएको हो । व्यवस्थित सहर विकासको लागि दीर्घकालीन योजना नहुँदा बजार क्षेत्र दुर्गन्धित भई महामारी फैलिने सम्भावना बढदै गएको सुगमटोल सुधार समितिका महासचिव राजकुमा श्रेष्ठले बताउनुभयो । 'अव्यवस्थित तरिकाले फोहोर फाल्नाले सदरमुकामको वातावरण नै प्रदूषित भएको छ' उहाँले भन्नुभयो 'यस अभियान सफल पार्न जिल्ला विकास समिति, उद्योग वाणिज्य संघलगायत बजारमा गठित समूहहरुले एक भएर अगाडि बढनु पर्दछ ।'
स्रोत : गोरखापत्र दैनिक, ०६८ जेष्ठ ६, पेज नं. १०

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2023 NGO Forum - Nepal
powered by nepalonline.
No Image