Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
यस्तो पानी पिउँछन् राजधानीवासी Print E-mail
Posted by Administrator   
Thursday, 26 May 2016

 - प्रशान्त माली, ललितपुर

Godawari Water_KPबढ्दो गर्मीसँगै उपत्यकामा खानेपानीको माग बढेको छ । खानेपानीको माग बढेसँगै उपत्यकामा आपूर्ति हुने पानी गुणस्तरहीन पाइएको छ । व्यवसायीले उपभोक्तालाई पिउनयोग्य नभएका पानी वितरण गरिरहेका छन् । राजधानीमा पानीको माग बढेसँगै ट्यांकर व्यवसायीले मुहानको शुद्ध पानी भन्दै फोहोर ठाउँबाट संकलन गरिएका पानी उपभोक्ताको घरघर पुर्‍याउने गरेका छन् । योसँगै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ । महँगोमा ट्यांकरबाट किनेको पानी गुणस्तरहीन हुँदा छालाको समस्या देखिएको उपभोक्ता बताउँछन् । उपभोक्ताकोमा पुर्‍याउने पानी त गुणस्तरहीन छँदै छ व्यवसायीहरू व्यवसाय पनि बिनादर्ता सञ्चालन गरिरहेका छन् । यसबाट पानीमा कालोबजारी गर्नेको चलखेलसमेत बढेको छ । स्रोतको पानी र ट्यांकर व्यवसाय दर्ताको स्पष्ट कानुनी प्रावधान छैन । स्पष्ट कानुनी प्रावधान नहुँदा उनीहरू दर्ता प्रक्रियामा सामेल भएका छ्रैनन् ।

• नुहाउने, लुगाधुने, भाँडा माझ्ने गरेको पानी सिधै ट्यांकरमा ल्याएर बिक्री

• उद्योग दर्ता नगरी प्राकृतिक स्रोतमाथि कालोबजारीयाको दोहन

Tanker Drinking Water_KP

गोदावरी क्षेत्रमा मात्रै पानीमा कालोबजारी गर्ने दर्जन बढी व्यवसायी सक्रिय छन् । उपभोक्ताका अनुसार पानीमा थोरै लगानी गर्दा पनि धेरै मुनाफा कमाउन सक्ने भएकाले व्यवसायी यसतर्फ आकर्षित भएका हुन् । यस्तै बोरिङ गरी पानी बिक्री, वितरण गर्ने समूह पनि सक्रिय छ । बोरिङ गरी पानी निकाल्न काठमाडौं उपत्यका खानेपानी बोर्डबाट लाइसेन्स लिनुपर्ने सरकारी प्रावधान छ । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले दिनदहाडै प्राकृतिक स्रोतमाथि व्यवसायीले दोहन गरिरहँदा पनि सरकार मौन रहेको बताए । ‘राज्यका उच्च तहका कर्मचारी र पानी व्यवसायीबीच मिलेमतोमा यस्तो भइरहेको छ,’ उनले भने, ‘तत्काल राज्यले पानीसम्बन्धी छुट्टै नीति बनाउन आवश्यक देखिन्छ ।’ काठमाडौं उपत्यका खानेपानी बोर्डका सूचना अधिकारी योगेन्द्रबहादुर बमले दर्ताबिना बोरिङ गरी पानी निकालेको भेटिए कडा कारबाही गरिने बताए । ‘बोरिङका लागि बोर्डबाट अनिवार्य अनुमति लिनुपर्छ,’ उनले भने, ‘ट्यांकर व्यावसायी र स्रोतको पानी बिक्री गर्नेलाई लाइसेन्स दिन नीति बनाउने तयारीमा छौं ।’ उनका अनुसार ट्यांकर व्यवसायीलाई नियमन गर्न वाणिज्य विभाग, खाद्य तथा गुणस्तर नियन्त्रण विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च सम्मिलित समिति बनेको छ । ‘समितिले पानी व्यवसायीलाई अनुमति दिने प्रस्ताव तयार पारिसकेको छ,’ उनले भने, ‘अब दर्ता नहुने पानी व्यवसायी चाँडै नियन्त्रणमा आउने छन् ।’ उनले ट्यांकर व्यवसायीलाई ध्यानाकर्षणका लागि सूचना जारी गरिसकेको बताए । ‘स्रोतको पानी बिक्री गर्ने सम्बन्धमा स्थानीय निकाय र बोर्डसँग अनुमति लिनुपर्ने नीति निर्माणको तयारी भइरहेको छ,’ उनले भने । ललितपुरका प्रजिअ ऋषिराम शर्माले ट्यांकर व्यवसायीलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यका खानेपानी बोर्ड, ट्यांकर व्यवसायी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, उपभोक्ता समिति र सम्बन्धित मन्त्रालयका प्रतिनिधिसँग बसेर छलफल भएको बताए । ‘व्यवसायीको ट्यांकर यातायात व्यवस्था विभागमा मात्रै दर्ता भएको छ,’ उनले भने, ‘पानीको व्यवसाय गर्न छुट्टै नीति नहुँदा बिनादर्ता ट्यांकरबाट पानी बेचबिखन गर्दा पनि कारबाही गर्न सकिएको छैन ।’ व्यवसायीले भूकम्पअघि प्रतिट्यांकर ८ देखि ९ सयसम्ममा बिक्री गर्ने पानी अहिले २५ सयदेखि ३ हजार रुपैयाँ पर्छ । व्यवसायीले अस्पताल, होटल रेस्टुरेन्ट, हाउजिङलगायत कम्पनीसँग सम्झौता गरी ट्यांकरबाट पानी बिक्री गरिरहेका छन् । व्यवसायीको बोलीअनुसारै पानीको मूल्य तिर्नुपरेको पाटन लगनखेलका शेखर देउलाले बताए । यसबाट सर्वसाधारण मर्कामा परेको उनको भनाइ छ । ललितपुरको गोदावरी कुण्डमा रहेका पानी व्यवसायी र स्रोतको पानी बिक्री गर्ने दुवैले एउटा साइनबोर्डसम्म राखेका छैनन् । सरकारी निकायमा दर्ता नहुँदा उनीहरूले बोर्ड नराखेको स्रोत बताउँछ । मानिसले नुहाउने, लुगाधुने, भाँडा माझ्ने गरेको पानी पाइपमार्फत सिधै ट्यांकरलाई बिक्री गरी उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । यहाँ एक ट्यांकर पानीलाई ४ सय रुपैयाँ परेको पानी उपभोक्तसम्म पुग्दा २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्ने गरेको छ । ‘कम्पनी दर्ता गर्ने प्रक्रियामा छौं,’ ट्यांकर व्यवसायी देवेन्द्र सिलवालले भने, ‘पानी बिक्रीबाट उठेको रकम सामाजिक कार्यमा पनि खर्च गर्ने गरेका छौं ।’ गोदावरी कुण्डबाट बग्ने पानी विभिन्न ठाउँमा स्रोत बनाई गोदामचौर, विशंखु नारायाण, इमाडोल, सिद्धिपुरलगायत स्थानीयवासीले पनि खानेपानीका रूपमा उपभोग गर्दै आएका छन् ।

श्रोत: कान्तिपुर, १८ जेष्ठ २०७३

Last Updated ( Sunday, 12 June 2016 )
 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2023 NGO Forum - Nepal
powered by nepalonline.
No Image