Quote UnQuote

"Education and awareness is must to improve water and sanitation situation in the country. If we failed to deploy all state mechanisms...."

Top Bahadur Rayamajhi
Minister, Ministry of Local Development 

Read more...

Traditional Water Sources

Stonespouts
 
No Image
नागदह अतिक्रमणको चपेटामा Print E-mail
Posted by Administrator   
Wednesday, 16 July 2008

धापाखेल : धापाखेलस्थित सांस्कृतिक महत्वको एतिहासिक नागदह अतिक्रमणको चपेटामा परेको छ । विसं २०२१ को नापीमा ५२ रोपनी क्षेत्रफल रहेको नागदह अहिले ४२ रोपनी क्षेत्रफलमा खुम्चिएको जानकारी नागदह संरक्षण तथा सुधार समितिका सल्लाहकार तथा स्थानीय बुद्धिजीवी इन्द्रलाल मालीले दिनुभयो । दह वरिपरि रहेका जग्गाधनीले क्रमश : दह अतिक्रमण गरिरहेको उहँले बताउनुभयो ।

नागदहको अतिक्रमण रोक्न र यसलाई संरक्षण गर्न गत वर्षमात्र समिति गठन गरिएको छ । समितिले नागदहको सरसफाइ गर्नुका साथै अतिक्रमणमा परेको क्षेत्रफल पहिचान गरी दहलाई पुरानै अवस्थामा फर्काउन पहल गरिरहेको उहाँले बताउनुभयो ।
नागदहको सरसफाइ गर्नका साथै अतिक्रमणमा परेको क्षेत्रफल पहिचान गरी दहलाई पुरानै अवस्थामा फर्काउन पहल गरिरहेको समितिका सचिव गोकर्णअधिकारीले बताउनुभयो । धापाखेल गाविसका वडा नं. ६, ७ र ८ का स्थानीयवासीले कपडा धुने, नुहाउनेलगायतका कार्य दहमा नै गर्ने गरेका कारण पनि सो दह दिनप्रतिदिन प्रदूषित हुँदै गएको सचिव अधिकारीसँगले बताउनुभयो । दहबाट निस्कने पानीको विकास व्यवस्थित गर्नसकेमा स्थानीयवासीको पानीको समस्या टार्न सकिन्थ्यो तर बजेट अभावका कारण गर्न सकिएको छैन उहाँले भन्नुभयो ।
समिति गठन भएपछि नागदह वरिपरि वृक्षरोपण, वर्षायामको भलपानी पोखरीमा नपसोस् भनेर निकासको व्यवस्था र पोखरी वरिपरि बाटो निर्माण गर्न सुरू गरिएको छैन ।
यसैगरी समितिको पहलमा पोखरीमा माछापालन पनि गरिएको बताइएको छ । समितिले नागदह अवलोकन गर्न आउने आगन्तुक गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।
मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौं उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ ।
उपत्यकाको सबै पानी सुकेपछि नागहरू यो दहमा आई बसेकाले यसको नाम नागदह रहेको बताइन्छ ।
सो हदमा नागपञ्चमी र ऋषिपञ्चमीमा ठूलो मेला लागने गरेको छ ।

स्रोत : गोरखापत्र दैनिक,राजधानी दैनिक ०६५ बैशाख १२ गते

 
< Prev   Next >
No Image
No Image No Image No Image
 

Water Tariff Updates

News
Notices
Videos
Photos

Rainwater Harvesting

RWH Updates
RWHS Calculator
No Image
Development supported by
UNHABITAT WAC Programme
Hosting supported by
Water Aid
© 2019 NGO Forum - Nepal
powered by nepalonline.
No Image